किराञ्चोकका २ वडाको वडा भेला सम्पन्न

Avatar photo
Dhadingpost
बिहिबार, मंसिर २५, २०७१

किराञ्चोक । धादिङको किरान्चोक गाउँ विकास समिति वडा नं. ३ र ७ को वडा भेला बुधबार समपन्न भएको छ ।
आगामी गाउँ परिषदबाट गाविसबाट छनौट गर्नुपर्ने गाउँ स्तरिय योजनाहरु छनौट गर्न वडा भेला गरिएको हो । किरान्चोक गाउँ विकास समितिका वडा नं. ३ र ७ मा भएको छुट्टाछुट्टै भेलाले सडक, खानेपानी, सिंचाई, शिक्षा, गोरेटोबाटो लगायतका योजनाहरु छनौट गरी गाउँ परिषदमा पठाउने भएको छ ।

भेलामा वडा नागरिक मंचका पदाधिकारीहरु, सामाजिक परिचालक, राजनीतिक दलका प्रतिनिधिहरु, स्थानीय समाजसेवी दलित, महिला लगायतको सहभागिता रहेको किरान्चोकबाट किशोर अधिकारीले बताउनुभएको छ ।