मध्यपान नियन्त्रण गर्न सके महिला हिंसा घट्छः अधिकारकर्मी

Avatar photo
Dhadingpost
बिहिबार, मंसिर २५, २०७१

धादिङवेसी । मध्यपान तथा धुम्रपान तथा लागु औषधहरुको नियन्त्रण गर्न सके मात्रै पनि महलिा हिंसा घट्ने एक कार्यक्रमका सहभागिहरुले बताएका छन् । ६६ औँ अन्तराष्ट्रिय मानव अधिकार दिवसको अवसरमा बुधबार धादिङबेसीमा आयोजित एक अन्तरसम्बाद कार्यक्रममा सहभागिहरुले यस्तो बताएका हुन् ।
‘सबैको लागि घर–घरमा मानवअधिकार शान्ति र विकासको आधार’ भन्ने मुल नाराका साथ धादिङबेसीमा जिल्लामा मानव अधिकारको अवस्था सम्बन्धी एक अन्तरसम्वाद कार्यक्रमको आयोजना गरिएको हो । विकास अभियान, इन्सेक धादिङ लगायत १३ वटा संस्थाहरुको संयुक्त रुपमा उक्त अन्तर संवाद कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रममा जिल्लामा मानवअधिकार अवस्था महिलाहरुको आत्महत्याको अध्ययन कार्यक्रममा विगत ९ महिनामा भएका महिला उल्लघन सम्बन्धी ४० वटा, हत्या सम्बन्धी २ वटा घटनाहरुको बारेमा जानकारी गराइएको थियो ।
कार्यक्रमका अबसरमा महिला अधिकारकर्मी राधिका साप्कोटाले धादिङ जिल्लामा विभिन्न महिला सम्बन्धी ९ सय वटा घटनाहरु, पत्रकार सम्बन्धी ७६ वटा घटनाहरु, जातिय विभेद सम्बन्धी १५ वटा, हत्याका ८ वटा महिला हिंसा सम्बन्धी २५ वटा घटना रहेको जानकारी गराउनुभयो । धादिङ जिल्लामा सबैभन्दा बढी घरेलु हिंसाका कारण महिला हिंसा हुने गरेको समेत बताउनु भयो ।
बोक्सी आरोप, महिला अधिकार उल्लङ्घन, महिला माथि हुने हिंसा, बालबिबाह, बहुविवाह, मानवअधिकार रक्षकहरुमाथी भएका दुव्र्यवहार धम्कीका घटनाहरु भएको कार्यक्रमका अवसरमा जानकारी गराइएको हो ।
धादिङ जिल्लामा महिला हिंसाको अन्त्य गर्न मद्यपान र धुम्रपानको अन्त्य गर्न सके मात्र महिला हिंसाको अन्त्य हुने कार्यक्रममा सहभागिहरुले बताएका छन् ।
धादिङ जिल्लामा भएका घटनाहरुलाई बाहिर ल्यान इन्सेकले गरेको भूमिकाको बारेमा प्रसंशा समेत गरेका थिए । नेपाल दलित कल्याण संघ धादिङका अध्यक्ष यता बहादुर सुनारको अध्यक्षता रहेको कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी नन्द्रलाल शकर्माको प्रमुअख आत्थियता रहेको थियो । कार्यक्रममा मानव अधिकार यलाइन्सका केन्द्रिय सदस्य राज नारायण नेपाली, महिला तथा बालबालिका कार्यालय धादिङका महिला अधिकृत सावित्रा थापा रावल, प्रहरी नायव उपरीक्षक प्रकाश मल्ल, नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष नवराज छत्कुली, पूर्वअध्यक्ष सितारामप्रसाद बर्मा, मानव अधिकार संगठनका अध्यक्ष कृष्ण प्रसाद दाहाल, महिला मानव अधिकार रक्षकहरुको राष्ट्रिय सञ्जालका सदस्य राधिका सापकोटा, विभिन्न संचार माध्यममा क्रियाशील पत्रकारहरु तथा विभिन्न संघ–संस्थाका प्रमुख एवम् प्रतिनिधिहरुको सहभागिता थियो ।