प्रहरी प्रशासन नै प्रलोभनमा पर्दा नेपालमा अपराध बढ्यो

Avatar photo
Dhadingpost
बुधबार, मंसिर २४, २०७१

मंसिर २४ गते । उपप्रधान एवं गृहमन्त्री वामदेव गौतमले नेपालमा सङ्गठित अपराध गम्भीर समस्याका रुपमा रहेकोले त्यसलाई नियन्त्रण गर्न नेपाल प्रहरीले सक्नु पर्ने बताएका छन् । नेपाल प्रहरीको अनुसन्धान विभागको ५९ औँ अपराध अनुसन्धान दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै गौतमले सबैखाले आरोपबाट मुक्त हुने कार्य नेपाल प्रहरीले तत्काल गर्नु पर्ने बताएका हुन् । प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले भने अपराध अनुसन्धानमा रहेको व्यक्तिलाई थुनिदिनुप¥यो, छोडिदिनुप¥यो भन्ने दबाब धेरै आउने गरेकाले समस्या आएको बताएका थिए ।