भ्रष्टाचार विरुद्धको दिवसमा हस्ताक्षर संकलन

Avatar photo
Dhadingpost
बुधबार, मंसिर २४, २०७१

धादिङबेसी मंसिर २३ । भ्रष्टचार विरुद्धको अन्तराष्ट्रिय दिवसको अवसरमा धादिङमा भ्रष्टाचार न्युनिकरणमा सबैजना एक होऔं भन्ने नाराका साथ हस्ताक्षर संकलन गरिएको छ । ट्रान्सपरेन्सी ईन्टरनेशनल नेपालको सहकार्यमा मानविय विकास तथा स्रोत व्यावस्थापन नेपाल धादिङले नागरिक स्तरमा हस्ताक्षर संकलन गरेको हो ।
धादिङबेसी स्थित बिचबजार चोकमा भएको हस्ताक्षर संकलन अभियानमा २ सय १४ जनाले हस्ताक्षर गरेका थिए । संकलित हस्ताक्षर प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेलाई बुझाईएको थियो । देशमा भ्रष्टाचार अत्याधिक रुपले मौलाइ रहेको बेला धादिङमा भने तथ्य सार्वजनिक हुन नसकेको भ्रष्टाचार विरुद्ध गतिविधि संचालन गर्ने एलाक डिपी कार्यक्रमका कार्यक्रम अघिकृत सानुबाबु तिमिल्सीनाले बताउनुभयो । भ्रष्टाचार अवधारणा सुचांकमा गत बर्ष १ सय १६ आँँै स्थानमा रहेको नेपाल यो बर्ष १ सय २६ आँँै स्थानमा पुगेको छ । विभिन्न सरकारी कार्यलयका कर्मचारी तथा व्यापारी, राजनीतिज्ञहरुले आफ्नो लाभका लागि घुस दिने र लिने कामदेखी सार्वजनिक सम्पत्तिको चोरीसम्मका आशङका र अनिश्चितता उब्जाउने गतिविधिलाई भ्रष्टचार भनिन्छ