धादिङका बैद्य माओवादीबाट विप्लवतिर

Avatar photo
Dhadingpost
सोमवार, मंसिर २२, २०७१

धादिङवेसी । मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी धादिङका नेता कार्यकर्ताहरु नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नवगठित नेकपा माओवादीमा समाहित भएका छन् ।
बैद्य माओवादी पार्टी नेकपा–माओवादीमा रहँदै आउनुभएका धादिङका नेता रामबहादुर श्रेष्ठले बैद्य माओवादीले वर्गसंघर्ष छोडेकोले आफूहरु विप्लवद्धारा गठित नेकपा माओवादीमा समाहित भएको आइतबार विज्ञप्ति जारी गरी जानकारी गराउनुभएको हो ।
नवगठित नेकपा माओवादी धादिङको प्रथम बैठकबाट पार्टी इन्चार्ज रामबहादुर श्रेष्ठले बैद्य पक्षले पार्टीलाई गति र निकास दिन नसकेको भन्दै विप्लवतिर समाहित भएको विज्ञप्ति मार्फत जानकारी दिनुभएको छ ।