चीनमा पुलिसलाई हाँस्न सिकाउने अनौठो तालिम

Avatar photo
Dhading Post
बुधबार, कार्तिक १५, २०६९

     मंगलबारमात्र नेपाली संचारमाध्यममा खवर आयो- नेपाल प्रहरी प्रमुख कुवेरसिंह राना आफ्ना जवानहरुलाई हास्न सिकाउन चाहान्छन् ।

रुखो बोलीका पुलिसका कारण छवि बिग्रिएको ठान्दै हाँस्न सिकाउने योजना बनाइरहको नेपाल प्रहरीलाई हामीले एउटा नयाँ उपाय खोजी गरिदिएका छौं ।

चीनले आफ्ना प्रहरी जवानहरुलाई हाँस्न सिकाउने तालिम दिने गरेको छ । हरेक फिल्डमा कडा तालिम दिने चिनियाँ अधिकारीहरुले प्रहरीलाई मुखमा खाना खाने चपिस्टिक राखेर हाँसन सिकाउने गरेका छन् ।

लियानिङ प्रान्तको डालियनमा हुने कसरी हाँस्ने भन्ने तालिममा प्रहरीलाई दाँत र ओंठका वीचमा चपिस्टिक राखेर हाँस्ने तालिम दिइन्छ ।