धादिङबेसी मंसिर २९ । धादिङबेसीमा सरकारको विरुद्ध नेपाली काँग्रेसले विशाल प्रदर्शन गरेको छ । सरकारको सर्वसत्तावादी प्रवृत्ति तथा शृङ्खलाबद्ध भ्रष्टाचारका विरुद्ध जन आवाज बुलन्द गरौं, भन्ने मुल नाराको साथ काँग्रेसले धादिङबेसीमा विशाल प्रदर्शन गरेको हो । फोटो: कमलराज ढुङ्गाना