नेपाल आज स्कटल्याण्ड विरुद्ध खेल्दै

Avatar photo
Dhadingpost
फाल्गुन ५, २०७९

काठमाडौं । आईसीसी विश्वकप लिग टू अन्तर्गत त्रिदेशी एकदिवसीय श्रंखलाको पहिलो खेलमा नामिबियाविरुद्ध कीर्तिमानी जित निकालेको नेपालले आज शुक्रबार स्कटल्याण्डसँग खेल्दैछ ।

३ खेल अगावै विश्वकप लिग टूको बिजेता बनेको स्कटल्याण्डविरुद्ध नेपालले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान बिहान ९ बजेबाट खेल्दै छ । नेपाल र स्कटल्याण्ड एकदिवसीय अन्तराष्ट्रियमा चार पटक खेलेका छन् । १ खेलमा नेपाल र ३ खेलमा स्कटल्याण्ड विजयी भएको छ ।

नेपाल २५ खेलमा ९ मा जित र १४ मा हारसहित २० अंकका साथ छैटौं स्थानमा छ । यता स्कटल्यान्ड तीन खेल अगाडीनै च्याम्पियन बन्दै यसै वर्ष हुने ग्लोबल छनोटमा सोझैं छनोट भएको छ । स्कटल्यान्ड ३३ खेलमा २३ मा जित र ८ मा हारसहित ४८ अंकका साथ शीर्ष स्थानमा छ।

नेपालले जत जुलाईमा स्कटल्यान्डलाई उसकै मैदानमा पाँच विकेटले हराएको थियो । त्यो नै नेपालले स्कटल्यान्डमाथि जितेको कुनैपनि खेल थियो । अन्य सबै खेल र संरचनामा नेपाल पराजित हुँदै आएको छ । ओडिआईमा स्कटल्यान्डले नेपाललाई ८, ३ र ८ विकेटले हराएको थियो । स्कटल्यान्डविरुद्ध नेपालले हारेको तीनै खेल पहिला ब्याटिङ गर्दै थियो । नेपालले पछिल्लो तीन खेलमा स्कटल्यान्डविरुद्ध १२८, १३७ र ११९ रनमा अल आउट भएको थियो । त्यसैले टस निर्णायक हुनसक्छ । विहानको समयमा पहिला ब्याटिङ गर्न दुबै टोलीलाई सहज भने हुनेछैन ।