धादिङबेसीका साहिल श्रेष्ठकाे मुख्य अभिनय रहेकाे मिस्टर नेपाली देशभर प्रदर्शन हुँदै

Avatar photo
Dhadingpost
कार्तिक १५, २०७६

अमृत तामाङ,
धादिङ कार्तिक १५ ।
धादिङबेसी सुगमटाेल निवासी साहिल श्रेष्ठ र नेपाली सिनेमाका चर्चित नायक भुवन केसीकाे मुख्य अभिनय रहेकाे ‘मिस्टर नेपाली’ देशभर एकै साथ प्रदर्शन हुने भएकाे छ ।

परदेशमा रहेपनि मन नेपाली नै हुन्छ भन्ने कथा बाेकेकाे याे ‘मिस्टर नेपाली’ नेपाली फिल्म कार्तिक २९ गते देखि देशभरका हलहरुमा प्रदर्शन हुने भएकाे हाे ।

सानै देखि अभिनयमा रुचि राख्ने धादिङबेसीका साहिले फिल्म परिवारका सबै सदस्य बसेर हेर्न सकिने किसिमकाे बनेकाे छ । जिवन्त कथालाई अभनय दिईएकाे याे फिल्मलाई दर्शकले मनपराई दिनेमा आशा गरेका छन् ।

नयाँ अनुहार साहिल श्रेष्ठ र कुसुम राउतको मुख्य भूमिका रहेको फिल्ममा भूवन केसी, सरोज खनाल, विष्णु सापकोटा, रिमा विश्वकर्मा, नन्दु श्रीवास्तवको समेत अभिनय रहेकाे छ ।

याे फिल्म देव भुषालको लेखन, पटकथा तथा निर्देशनमा तयार भएको हो । प्रेमराज दाहालको लगानी, निरज कँडेलको छायाँकन, कविराज गहतराजको कोरियोग्राफी फिल्ममा छ ।