उम्मेदवार राजेन्द्र पाण्डेद्वारा व्यक्तिगत वेबसाइट सञ्चालन

Avatar photo
Dhadingpost
फाल्गुन १५, २०८२

धादिङ । आसन्न निर्वाचनलाई लक्षित गर्दै धादिङ क्षेत्र नं. १ का उम्मेदवार राजेन्द्र प्रसाद पाण्डे ले व्यक्तिगत वेबसाइट सञ्चालनमा ल्याएका छन् ।

नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका पाण्डेले चुनावी प्रचार–प्रसारसँगै आफ्नो व्यक्तिगत विवरण र राजनीतिक गतिविधिबारे जानकारी दिने उद्देश्यले www.rajendrapandey.com वेबसाइट सुरु गरेका हुन् ।

उनको वेबसाइटमा “संघर्षको तारा, समृद्धिको सहारा” भन्ने मूल नारासहित व्यक्तिगत परिचय, राजनीतिक यात्रा तथा विभिन्न कार्यक्रमसम्बन्धी जानकारी राखिएको छ ।

डिजिटल माध्यममार्फत मतदातासम्म सहज रूपमा जानकारी पुर्‍याउने उद्देश्यले वेबसाइट सञ्चालनमा ल्याइएको बताइएको छ । इच्छुक व्यक्तिले वेबसाइटमार्फत उम्मेदवार पाण्डेको जीवनी, गतिविधि तथा चुनावी एजेन्डाबारे जानकारी लिन सक्नेछन् ।

x