बेनीघाट राेराङकाे राष्ट्रपति रनिङ शिल्ड हर्कपुर माविले जित्यो

Avatar photo
Dhadingpost
माघ ४, २०८२

धादिङ। बेनीघाट रोराङ गाउँपालिका स्तरीय सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८२ मा स्वर्ण पदकको आधारमा हर्कपुर माध्यमिक विद्यालय प्रथम भएको छ। हर्कपुर माविले कुल १० वटा स्वर्ण पदक जित्दै शीर्ष स्थान हासिल गरेको हो।

हर्कपुरको यो लगातार दोस्रो जित हो । गत वर्षपनि हर्कपुरले १५ स्वर्ण सहित जित निकालेको थियो ।

त्यसैगरी प्रतियोगितामा चन्द्रोदय माध्यमिक विद्यालय, विशालटार ७ वटा स्वर्ण पदकसहित द्वितीय स्थानमा रहन सफल भएको छ।

मेडल विवरणअनुसार विद्यालयहरूले जितेका पदक यस प्रकार रहेका छन् —

  • हर्कपुर माध्यमिक विद्यालय
    स्वर्ण १०, रजत ६, कास्य ६ — जम्मा २२
  • चन्द्रोदय माध्यमिक विद्यालय, विशालटार
    स्वर्ण ७, रजत ४, कास्य २ — जम्मा १३
  • बागेश्वरीमाध्यमिक विद्यालय
    स्वर्ण ६, रजत ९, कास्य ९ — जम्मा २४
  • पञ्चकन्या माध्यमिक विद्यालय
    स्वर्ण ३, रजत ४, कास्य ३ — जम्मा १०
  • बाँसखर्क माध्यमिक विद्यालय
    स्वर्ण ३, रजत १, कास्य १ — जम्मा ५
  • शंखदेवी माध्यमिक विद्यालय
    स्वर्ण २, रजत ५, कास्य २ — जम्मा ९
  • श्री कालिका माध्यमिक विद्यालय
    स्वर्ण २, रजत ५, कास्य १ — जम्मा ८
  • पिपल भञ्ज्याङ माध्यमिक विद्यालय
    स्वर्ण २, रजत १, कास्य ३ — जम्मा ६
  • ब्राइटफ्युचर माध्यमिक विद्यालय
    स्वर्ण २, रजत १, — जम्मा ३
  • राइजस्टार माध्यमिक विद्यालय
    स्वर्ण १, रजत २, कास्य ३ — जम्मा ६
  • चन्द्रदय माध्यमिक विद्यालय, बेनीघाट
    कास्य ४ — जम्मा ४
  • राष्ट्रिय माध्यमिक विद्यालय
    पदक विहिन

पाँचौमा १ कास्य, छैटौंमा पनि १ कास्य नै र यो पटक झन् पदक विहिन हुँदै राष्ट्रिय माविले खेलकुदमा थप मेहेनत जरुरी रहेको देखाएको छ ।