
धादिङ ।
बेनीघाट रोराङ गाउँपालिकाको आयोजनामा सञ्चालन हुने तेस्रो अन्तर माध्यमिक विद्यालय स्तरीय क्रिकेट प्रतियोगिता–२०८२ को टाई–सिट सार्वजनिक गरिएको छ। टाई–सिट अनुसार प्रतियोगितामा जिल्लाका ६ वटा माध्यमिक विद्यालय सहभागी हुने भएका छन्।
माघ ४ र ५ गते दुईदिन चल्ने यस प्रतियोगितामा
पहिलो चरणका खेलहरू
टाई–सिट अनुसार:
- श्री वासुदेवी मावि र श्री चन्द्रदेव मावि, बेनीघाट बीच प्रतिस्पर्धा हुनेछ।
- श्री शरदेवी मावि ले उक्त खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।
यस्तै अर्को समूहमा,
- श्री ब्राइटफ्युचर मावि र श्री राइजिङ स्टार मावि बीच खेल हुनेछ।
- सो खेलको विजेताले श्री चन्द्रदेव मावि, विशालटार सँग प्रतिस्पर्धा गर्नेछ।
फाइनल खेल
उक्त दुई समूहबाट विजयी हुने टोलीहरूबीच माघ ५ गते बिहान ८ बजे बजे फाइनल खेल हुने आयोजकले जनाएको छ।
बेनीघाट रोराङ गाउँपालिकाले वार्षिक शैक्षिक क्यालेन्डर २०८२ अनुसार पुष ३० गतेदेखि माघ ५ गतेसम्म बृहत खेलकुद प्रतियोगिता आयोजना गर्ने कार्यक्रम अनुसार क्रिकेट प्रतियोगिता पनि गर्न लागेको हो ।
प्रतियोगिताअन्तर्गत सातौँ राष्ट्रपति रनिङ शिल्ड, मजदुर शहीद स्मृति कप, मदन भण्डारी स्मृति कप फुटबल प्रतियोगिता तथा अध्यक्ष कप क्रिकेट प्रतियोगिता सञ्चालन गरिनेछ।
गत वर्ष क–कस्ले जितेका थिए
