
धादिङ । नीलकण्ठ नगरपालिका–१४ धुवाँकोट पात्लेमा रहेको खेल मैदानमा पौष २४ गतेदेखि सुरु हुने ११औँ मानबहादुर मेमोरियल कप फुटबल प्रतियोगिताका लागि टिम दर्ता प्रक्रिया जारी रहेको छ। हालसम्म प्रतियोगितामा १८ वटा टिम दर्ता भइसकेको आयोजकले जनाएको छ।
आयोजक संस्था विद्यार्थी उपकार संघका अनुसार प्रतियोगितामा सहभागी हुन इच्छुक टिमहरूले पौष २२ गतेसम्म टिम दर्ता गराउन सक्नेछन्। यस वर्षको प्रतियोगिता सेभेन–ए–साइड (७–ए–साइड) ढाँचामा सञ्चालन हुनेछ भने खेलहरू माघ २ गतेसम्म चल्नेछन्।
प्रतियोगिताका लागि आकर्षक पुरस्कार राशी तोकिएको छ। आयोजक समितिका अनुसार
- प्रथम पुरस्कार : रु. १ लाख ४० हजार
- द्वितीय पुरस्कार : रु. ६५ हजार
- सेमिफाइनलमा पुग्ने टिम (२ वटा) : प्रत्येकलाई रु. २० हजार
हालसम्म दर्ता भएका टिमहरू
१. बोइज युनाइटेड युथ क्लब
२. मेन्डोफोले युथ क्लब
३. कुपा युथ क्लब ‘ए’
४. कुपा युथ क्लब ‘बी’
५. नवा स्टार युथ क्लब
६. किस्पाङ युथ क्लब
७. बिहानी युथ क्लब
८. जन आवाज युथ क्लब ‘ए’
९. जन आवाज युथ क्लब ‘बी’
१०. बिदुर एफसी–१२
११. चिसोपानी युथ क्लब
१२. नागिनिथान युथ क्लब
१३. जुरेथुम युथ क्लब
१४. दाङसिङ युथ क्लब
१५. सुवालो बजार एफसी
१६. दोप्जोङ युथ क्लब, सेम्जोङ
१७. एस.बी.ए. ‘ए’
१८. एस.बी.ए. ‘बी’
धादिङ जिल्लामा फुटबल खेलकै लागि निर्माण गरिएका प्रारम्भिक खेल मैदानहरूमध्ये पात्ले खेल मैदान महत्वपूर्ण मानिन्छ। यही मैदानमा विद्यार्थी उपकार संघले हरेक वर्ष मानबहादुर मेमोरियल कप फुटबल प्रतियोगिता आयोजना गर्दै आएको छ।
विगतका संस्करणहरु
