नीलकण्ठ बालमन्दिरमा कक्षा ११ मा भर्ना जारी, यी हुन् ऐच्छिक विषयहरु

Avatar photo
Dhadingpost
असार ३२, २०८२

धादिङ । धादिङबेसी सदरमुकाममा रहेको नमूना विद्यालय नीलकण्ठ बालमन्दिर माध्यामिक विद्यालयमा कक्षा ११ का लागि भर्ना खुल्ला अभियान जारी छ । अन्तर्राष्ट्रिय गुणस्तर आईएसओ प्रमाणिकरण चिन्ह समेत प्राप्त गर्ने यो धादिङको एक मात्र विद्यालय हो ।

कक्षा ११ र १२ मा उत्कृष्ट नतिजा समेत निकाल्दै आएको यस विद्यालयमा प्रधानाध्यापक अधिकारीका अनुसार कक्षा ११ का लागि सिभिल इन्जिजियरिङ सहित ऐच्क्षिक विषयका लागि चार समूह छ, एक समूह छाडेर अन्य तीन समूहबाट विद्यार्थीले १-१ विषय छानेर पढ्न पाउने छन् ।
पहिलो समूह
१. भौतिक विज्ञान
२. लेखा विधि
३. बाल विकास र सिकाइ
४. ग्रामीण विकास
५. विधिशास्त्र र कानुनी सिद्धान्त
दोस्रो समूह
१.जीव विज्ञान
२. कम्प्युटर विज्ञान
३. समाजशास्त्र
४. व्यवसायिक अध्ययन
५.जनसंख्या अध्ययन
६. शिक्षा र विकास
७. कार्यविधि कानुन
तेस्रो समूह
१. रसायन विज्ञान
२. अर्थशास्त्र
३. बजारशास्त्र
४. नेपाली
५. अङ्ग्रेजी
६. संवैधानिक कानुन
चौथो समूह
१. होटल व्यवस्थापन
२. गणित
३. वाणिज्य गणित
४. सहकारी व्यवस्थापन
५. वातावरणीय विज्ञान
६. आम सञ्चार

२०३१ साल स्थापना भए सँगैं कटुसे छाप्रोबाट पठनपाठन भएको यस विद्यालय हाल सुविधायुक्त भवनमा अन्तराष्ट्रिय मापदण्डका विज्ञान प्रयोगशाला, कम्प्यूटर ल्याव, लाईबेरीका साथ संचालनमा छ ।

२०५२ सालबाट कक्षा ११ र १२ पढाउन थालेको यस विद्यालय जिल्ला कै पहिलो हो । यो वर्ष ३ हजार ७१० जना विद्यार्थीहरु अध्ययनरत मध्ये ६०० भन्दा बढी कक्षा १२ मा मात्रै छन् ।

कक्षा १२ मा नीलकण्ठबाट शर्मिला श्रेष्ठ जिल्ला टप

नीलकण्ठ बालमन्दिर माविको संक्षिप्त इतिहास

x