कुपामा जारी फुटबलको आज चार खेल सम्पन्न

Avatar photo
Dhadingpost
अशोज २३, २०८१

धादिङ । कुपा समाज नीलकन्ठ १४, धादिङले कुपा खेल मैदानमा आजबाट सुरु गरेको नकआउट सेभेन ए साइड फुटबल प्रतियोगिता अन्तरगत आज चार खेलहरु सम्पन्न भएको छ ।

आजको खेल नतिजा
पहिलो खेल
विद्यार्थीउपकार संघ (पात्ले) -२ गोल विजयी
कुपा युबा समाज -०
दोस्रो खेल
भगेरी युबा क्लब -१ विजयी
फलाटे युबा क्लब (ए) -०
तेस्रो खेल
डुप्चे युबा क्लब -२ विजयी
बिहानी युबा क्लब -०
चौंथो खेल
सेलडाडा युबा क्लब vs जलकन्या युबा क्लब (ए) बीच हुनपर्ने खेलमा सेलडाडा युबा क्लब अनुपस्थित भएपछि जलकन्या युबा क्लव (ए) स्वत विजयी

यस चौथो कुपा कप प्रतियोगिताको फुटबल तर्फको प्रथम पुरस्कार ६६ हजार ६६६, दोस्रो पुरस्कार ३३ हजार ३३३ र सेमिफाइनल पुग्ने दुई टिमलाई १०र१० हजार रहेको छ । कुप कप फुटबलको फाईनलको दिन (कार्तिक १ गते) हुने १० किलोमिटर खुला मिनी म्याराथनको प्रथम पुरस्कार २२ हजार र उप विजेताको पुरस्कार ११ हजार रहेको छ ।

कुपा समाजका अध्यक्ष हर्क बहादुर गुरुङको सभापतिव्मा भएको यस प्रतियोगिता उद्घाट वडा अध्यक्ष नवराज दुवाडीले गरेका थिए भने अष्ट्रेलिया बस्दै आएका समाजससेवी प्रकाश अधिकारी, एन्फा धादिङका उपाध्यक्ष सुरेश तामाङ, जनआवज युवा क्लव मानेका अध्यक्ष राजु गुरुङ लगायतको आतिथ्यता रहेको थियो ।

x