धादिङकी समिक्षा दक्षिण एशियाली करातेका लागि नेपालबाट छनोट

Avatar photo
Dhadingpost
जेष्ठ २६, २०८१

धादिङ । धादिङको नीलकण्ठ, खाल्टेकी समिक्षा ढुङ्गाना भुटानमा हुने ८ औं दक्षिण एशियाली कराँते प्रतियोगिताका लागि नेपालबाट छनोट भएकी छिन् ।

बागमती प्रदेश स्तरीय प्रतियोगिता जित्दै राष्ट्रिय छनोट प्रतियोगिताको समेत फाईनलमा लुम्बिनी प्रदेशलाई पराजित गर्दै बागमती प्रदेशबाट धादिङकी समिक्षा ५३ केजी तौल समुहबाट दक्षिण एशियाली प्रतियोगिताको लागि छनोट हुन सफल भएकी हुन् ।

बागमती प्रदेशले आयोजना गरेको अन्तर प्रदेश राष्ट्रिय खेलकुद-२०८० मा पनि धादिङबाट उनी छनोट भएकी थिईन् ।