धादिङको एन्फा लिग फागुन १९ देखि दश क्लव खेल्ने, छैन तयारी

Avatar photo
Dhadingpost
फाल्गुन १२, २०८०

धादिङ । धादिङ जिल्ला फुटबल संघले जिल्ला स्तरीय दशौं एन्फा लिग यहि फागुन १९ देखि आयोजना गर्दैछ । यस प्रतियोगितामा जिल्ला नकआउटबाट छानिएका १० क्लवहरुले भाग लिन पाउने छन् ।

यी हुन् जिल्ला लिग खेल्ने १० क्लवहरु
१. विद्यार्थी उपकार संघ, नीलकण्ठ
२. धुनीबेसी युवा क्लव, धु्नीबेसी
३. इन्द्राणी युवा क्लव, गजुरी
४. गलौदी युवा क्लव, गजुरी
५. धादिङ सामाज धादिङ, नीलकण्ठ
६. न्यू स्टार युवा क्लव, थाक्रे
७. पञ्चकन्या युवा क्लव, थाक्रे
८. भद्रकाली सामुदायीक विकास समाज, बेनीघाट रोराङ
९. गजुरी सामुदायीक विकास समाज गजुरी
१० ब्वाईज युनाईटेड, नीलकण्ठ

एन्फा धादिङका महासचिव रामहरी थापाका अनुसार आयोजकले सम्पूर्ण तयारी गरि सकेको छ । यो पटक देखि प्रतियोगितामा सहभागी खेलाडीको अभिलेख अनलाईनमा राखिने उनले बताए ।

यता धुनीबेसी युवा क्लवले एक महिना अघिनै प्रशिक्षक नियुक्ती गरि प्रशिक्षण चलाई रहेको छ भने अन्य क्लवहरुले अझै तयारी गरेका छैनन् । धुनीबेसी निर्माणाधिन रंगशालामा हुने यस लिग प्रतियोगितामा सहभागीताका लागि क्लवहरुले तयारी नगरका मात्रै हैनन् । खर्च व्यवस्थापन जुछटाउन नसक्दा कतिपय क्लवहरु अझै प्रतियोगितामा सहभागी हुने या नहुने अन्यौल मै देखिन्छन् ।

अन्यौलमा यस अघिका विजेता क्लवहरु
गत वर्षको नवौं जिल्ला लिग विजेता विद्यार्थी उपकार संघ पात्लेले तयारीका छैन यो पटक । यस्तै आठौं जिल्ला लिग विजेता हुँदै प्रदेश लिग विजेता हुँदै राष्ट्रिय प्रतियोगिता खेलेको धादिङ समाज धादिङले पनि तयारीमा देखिएको छैन ।