गंगाजमुनाको तीज गीत प्रतियोगितामा हातेमालो समाज प्रथम

Avatar photo
Dhadingpost
भदौ २८, २०८०

धादिङ । गाउँपालिको कार्यपालिका सदस्य तथा महिला बालबालिका तथा ज्येष्ठ नागरिक समिति संयोजक भद्र कुमारी नेपालीको अध्यक्षतातथा माओवादी केन्द्रका नेता एवम् पूर्व सांसद जगत सिंखडाको प्रमुख आतिथ्यतामा भएको उक्त तीज गीत प्रतियोगितामा हातेमालो समाज नेपाल फुलखर्क प्रथम भएको छ ।

७ टिम सहभागि उक्त प्रतियोगितामा दोस्रो महालक्ष्मी आमा समूह बसेरी, तृतिय चक्रदेवी महिला समूह बसेरी र सान्त्वना अन्नपूर्ण महिला समूह फुलखर्क भएका थिए ।

प्रतियोगिताका विजयी टिमलाई क्रमसः १२ हजार, ९ हजार, ७ हजार र ५ हजार प्रदान गरिएको थियो । २०७९ को विजयी टिम महालक्ष्मी यस वर्ष दोस्रो बन्न पुग्यो भने गत वर्ष तृतिय बनेको हातेमालो यस पटक आफूलाई अब्बल बनाउँदै प्रथम भयो ।