नेपाली पब्जी टिम डीआरएसले १ करोड २० लाख जित्यो, अब २६ करोडको लागि खेल्ने

Avatar photo
Dhadingpost
शुक्रबार, असार २९, २०८०

काठमाडौं । नेपाली पब्जी टिम डीआरएसले ‘पब्जी मोबाइल वर्ल्ड इन्भिटेसनल (पीएमडब्लूआई) २०२३’ अन्तरगत जुलाई ११ देखि १३ सम्म चलेको अलस्टार्स स्टेजको १८ खेलमा दोस्रो रनरअप हुँदै १ करोड २० लाख नेपाली रुपैंया जितेको छ ।

यो जित सँगै यस प्रतियोगिताको दोस्रो चरण प्रवेस गरेको नेपाली पब्जी टिम डीआरएसले अब २५ करोडका लागि खेल्ने छ । अलस्टार्स स्टेजको खेल सकिँदा अङ्क तालिकाको शीर्ष पाँच टिमले मुख्य टुर्नामेन्टमा स्थानमा बनाएका छन् । यो प्रतियोगिता साउदी अरेबियाको रियादमा हुँदैछ । शीर्ष सात टिम मेन टुर्नामेन्टको लागि पनि छनोट भएका छन् । जसको पुरस्कार राखि २० लाख अमेरिकी डलर (करिब २६ करोड ३८ लाख रुपैयाँ) रहेको छ ।

पब्जी मोबाइल विश्व च्याम्पियनसिपमा २०२२ मा नेपाली डीआरएस टिम दोस्रो भएको थियो । इन्डोनेसियाको जाकारतामा भएको उक्त खेलमा उप विजेता हुँदै डीआरएसले १ लाख ३२ हजार ५०० अमेरिकी डलर पुरस्कार जितेको थियो ।