जनयुद्धमा गजुरी ब्यारेक ब्रेक गर्ने माओवादी नेताहरु सम्मानित

Avatar photo
नारायण सिलवाल
शनिबार, माघ ७, २०७९

धादिङ । जनयुद्धको क्रममा ०६० साल पोखरामा तत्कालीन शाही नेपाली सेनाले गिरफ्तार गरि वेपत्ता वनाई राखिएको अवस्थामा गिरफ्तार परेको १ बर्ष ११ दिन पछि गजुरी ब्यारेक बे्रक गरि हतियार समेत लिएर भाग्न सफल माओवादी नेताहरुलाई आज सम्मान गरिएको छ । पार्टीको तर्फबाट सम्मानका लागि धादिङ नेता चन्द्रबहादुर सिलवालले मिलाएका थिए । सम्मान कार्यक्रम सँगै भाग्दा आफुहरुले प्रयोग गरेको रुटहरु अवलोकन समेत गरेका थिए ।

माओवादी केन्द्र गजुरीले उनीहरुलाई गजुरीमा निमन्त्रण गरि आज एक कार्यक्रका बीच सम्मान गरेको हो । गजुरी ब्यारेक ब्रेक गरि हतियार सहित भाग्न सफल माओवादी नेताहरुमा पोखराबाट राजु क्षेत्री , गोर्खा कृष्ण पन्त सेबक, चितवन बुद्धि पाण्डे बिगुल र देबी प्रसाद ढकाल रबिन्द्र, दोलखा काटाकुटीका बद्री खड्का (बिप्लव) र धादिङ गजुरीका ठाकुर सिह तमाङ थिए ।

गजुरी ब्रेक गरेपछि तात्कालिन समयमा खिचिएको सामुहिक तस्वीर

गजुरी ब्यारेक ब्रेक
२०६० साल कात्तिक मा कास्की पोखराबाट तत्कालीन शाही नेपाली सेनाबाट गिरफ्तारी गरिएका धादिङका शुवास भण्डारी (जितबिरं) राजु क्षेत्री , गोर्खा कृष्ण पन्त सेबक, चितवन बुद्धि पाण्डे बिगुल र देबी प्रसाद ढकाल रबिन्द्र, दोलखा काटाकुटीका बद्री खड्का (बिप्लव) र धादिङ गजुरीका ठाकुर सिह तमाङलाई पोखरा महेन्द्रपुलको फुलवारी ब्यारेकमा आखामा कालो पट्टी हातमा हत्कडी र खुट्टामा नेल लगाएर राखेको अबस्थामा सुवास भण्डारी (जितबिरं) लाई बेपत्ता बनायो भने बाकी सबै जनालाई हेलिकप्टरबाट धादिङ गजुरी ब्यारेकमा ल्याएर बेपत्ता बनाएर राखेको थियोे ।

गजुरी ब्यारेकमा माओवादीको आरोपमा पहिले देखि नै बन्दी बनाई राखिएका गजुरीका ठाकुरसिं तामाङलाई सहित लिएर ६ जना जनमुक्ति सेना नेपालका योध्दाहरुले २०६१ साल कार्तिक २९ गते भाइ टिकाको दिन बेलुका आन्तरिक पूर्व योजना अनुसार डिउटीमा रहेको सिपाही माथि आकस्मिक आक्रमण गरि ३ थान S.L.R सहित ५ थान ग्रिनेड कब्जा गरि डिउटी बसेको सिपाहीलाई कब्जामा लिई ब्यारेकको पछाडिबाट त्रिशूली नदीको किनारै किनार गलौदी खोलाबाट माथि उकालो लाग्दा सिपाही फुत्किएर ब्यारेक भागेको थियो । माओवादी नेताहरु भने हतियार लिएर गजुरी ,पिडा सुन्दरनांगे हुदै मकवानपुर पार्टी सम्पर्कमा पुगेका थिए ।

यी ६ योद्धा मध्य दोलखा काटाकुटीका बद्री खड्का (बिप्लव) गजुरी बाट हतियार सहित निस्केको ४ महिना पछि कास्की लेखनाथमा तात्कालिन शाही सेनाको घेरामा परि मारिएका थिए ।