
धादिङ । निजी तथा आवासीय विद्यालयहरूको छाता सङ्गठन प्याब्सनले आयोजना गरेको प्रथम प्याब्सन अन्तर विद्यालय राष्ट्रिय लोकनृत्य प्रतियोगिता आज पोखरामा सम्पन्न हुन गहि रहेको छ । उक्त प्रतियोगितामा बागमती प्रदेश विजेता हुँदै धादिङको एड्भान्स एकेडेमीले पनि सहभागि हुँदै छ ।
राष्ट्रिय प्रतियोगिताको यात्रा तय गर्न एड्भान्सले साउन २९ गते जिल्ला स्तरीय छनोट प्रतियोगितामा प्रथम हुँदै बागमती प्रदेश स्तरीय प्रतियोगिताको लागि छनोट भएको थियो ।
प्याब्सन बागमती प्रदेशले प्रदेश भित्रबाट छानिएर आएका टिमहरुबीच भाद्र १८ गते प्रदेश स्तरीय छनोट प्रतियोगित गरेको थियो उक्त प्रतियोगितामा पनि धादिङको एड्भान्स प्रथम हुँदै राष्ट्रिय प्रतियोगिताका लागि छनोट भएको थियो ।
