माओवादीका ध्जव बहादुर गुरुङ नीलकण्ठ २ को अध्यक्षमा विजयी

Avatar photo
Dhadingpost
जेष्ठ २, २०७९

धादिङ । नीलकण्ठ नगरपालिका वडा नम्बर २ को अध्यक्षमा माओवादी केन्द्रका ध्वजबहादुर गुरुङ फेरि विजयी भएका छन् ।

उनले ९४४ मत प्राप्त गरेका छन् । उनका प्रतिद्धन्दि नेपाली काग्रेसका उम्मेदवारले ८०७ मत हासिल गरेका छन् । त्यस्तै नेकपा एमालेका उम्मेदवारले ७७७ मत हासिल गरेका छन् ।

०७४ सालमा पनि माओवादीबाट वडा अध्यक्षमा विजयी बनेका गुरुङ ५ वर्ष पछि फेरि अध्यषमा विजयी बनेका हुन् । ०७४ सालमा ७०८ मत प्राप्त गरि विजयी भएका उनको निकटतम प्रतिस्पर्धी एमालेका जीतलाल गुरुङले ५७३ मत ल्याएका थिए ।