
धादिङ । शाही सेना संयुक्त फोर्सले गोविन्द सिंखडा विद्यालय जान लाग्दा २०६२ बैशाख २७ गते विहान ९ः३० बजे गिरफ्तार गरी निर्मम यातना दिएका थिए । हात भाच्नुको साथै शरीरमा थुप्रै निलडाम र चोट लगाई मरणासन्न अवस्थामा पुर्याए सँगै २०६२ बैशाख २८ गते विहान करिब ५ः०० बजे साविक फुलखर्क गाविसको मनटारी (हाल गंगा जमुना गाउँपालिका वडा नं. ५ मनटारी) भन्ने ठाउँको सल्लाघारी चौरमा खाडल खनेर खाडलमा राखेर शिक्षक कै ड्रेसमा ३ राउण्ड गोली हानी विभत्स हत्या गरेका थिए ।
- सहिद कृष्ण प्रसाद सिखंडा (गोविन्द) को जिवनी
- गोविन्दलाई खाडल भित्रै गोलि हानि हत्या गरिएको थियो
- जनमुक्ति सेनाको नजरमा गोविन्द सिंखडा
- धादिङमा, जनयुद्धमा माओवादी ११५, एमाले ११, काँग्रेस तर्फ ७ जनाको हत्या भएको थियो (नामावली समेत)
तात्कालिन माओवादीलाई सहयोग गरेको आरोपमा ०५९ भाद्र २ गते गोविन्दलाई विद्यालयमा पढाइरहेको अवस्थामा तात्कालिन शाही सेनाद्धारा गिरफ्तार गरी कठोर यातना पछि करिब ८ महिनाको कठिन हिरासत राखेको थियो । सर्वोच्चको आदेशपछि सिंखडा २०५९ चैत्रमा तारेखमा रिहा भएका थिए ।
सामाजिक परिवर्तन संगै गर्विलो उद्धेश्यका साथ अन्याय र अत्याचारको विरुद्धमा बन्दुक उठाएको माओवादी पार्टीको जनवर्गिय संगठन अखिल नेपाल शिक्षक गठन धादिङको ऐतिहासिक प्रथम सम्मेलन २०६१ मार्ग बाट जिल्ला कार्य समितिको कोषाध्यक्ष पदमा चयन भइ कुशलता पुर्वक आफ्नो जिम्मेवारी समेत सिंखडाले बहन गरेको पाईन्छ ।
