
धादिङ । धादिङ जिल्ला ब्याडमिण्टन संघले धादिङबेसी स्थित आफ्नै नव निर्मित कभर्डहलमा फागुन १५ गतेबाट आयोजना गरेको दोस्रो मेयरकप २०७८ को जिल्ला तर्फको सबै फार्यनलहरु आज सम्पन्न भएको छ भने । राष्ट्रिय तर्फको ५ वटा खेलहरुको फाईलन भोली बिहान ८ बजेबाट सुरुहुने भएको छ ।
जिल्ला स्तरीय पुरुष एकल तर्फ पहिलो मेयर कपमा विजेता सविन तामाङले यस पटक पनि फाईनलमा इश्वर थापामगरलाई पहिलो सेटमा २१–१९ र दोस्रो सेटमा २५–२३ मा हराउँदै प्रथम भए । यस्तै महिला एकल तर्फ बविता पुरीले रुविना थापालाई २१–७ र २१–११ मा पराजित गर्दै प्रथम भईन ।
त्यसैगरी पुरुष युगल तर्फ राजेन्द्र बानिया र रामचन्द्र गिरीको टिमले रामकुमार श्रेष्ठ र सन्तोष थापा मगरको टिमलाई २१–१८ र २१–१६ मा पराजित गर्दै प्रथम भएका छन् । बी तर्फ कविन्द्र अधिकारी र रुपेन्द्र बानिया त्रीपुरासुन्दरीको टिमले विष्णु कटुवाल प्रहरी र मनिस श्रेष्ठको टिमलाई २१–१६ र २१–१९ मा पराजित गर्दै प्रथम भए ।
धादिङ जिल्ला ब्याडमिण्टन संघले जिल्लास्तर तर्फ प्रथम हुने टिमलाई पुरुष एकल र पुरुष युगल लाई ३०–३० हजार, दितियदाई २०–२० हजार र तृतियलाई १२–१२ हजार, महिला तर्फ प्रथमलाई १२ हजार, दितियलाई ७ हजार र तृतियलाई ५ हजार, जिल्ला बि लेभल तर्फ पुरुष युगल तर्फ प्रथम २५ हजार, दितिय १५ हजार र तृतियलाई १० हजार पुरस्कार दिईने जनाएको छ ।
राष्ट्रिय स्तरका ५ वटै खेलको फाईलन भोली ( फागुन १९ गते) बिहान ८ बजेबाट हुने बताईएको छ । राष्ट्रिय स्तर तर्फ पुरुष युगल प्रथम ४० हजार दितिय २५ हजार र तृतियलाई १५ हजार, अण्डर १७ केटा र केटी एकल तर्फ प्रथमलाई २५-२५ हजार, दितिय १५-१५ हजार र तृतियलाई १०-१० हजार, राष्ट्रिय स्तर भेट्रान्स ४५ प्लस पुरुष युगल तर्फ प्रथमलाई ३५ हजार, दितिय २५ हजार र तृतियलाई १५ हजार र राष्ट्रिय स्तर भेट्रान्स ५५ प्लस युगललाई पनि प्रथमलाई ३५ हजार, दितिय २५ हजार र तृतियलाई १५ हजार पुरस्कार दिईने आयोजकले जनाएको छ ।
आजको सम्पूर्ण नतिजा



