एमालेले माधव नेपाल सहित १४ सांसदलाई कार्वाही गर्यो

Avatar photo
Dhadingpost
भदौ १, २०७८

काठमाडौं भाद्र १ । नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपाल सहित प्रतिनिधिसभाका १४ जना सांसदलाई कारवाही गरेको जनाएको छ ।

एमालेले कार्वाही गरिएका सांसदलाई पदमुक्त गर्न संसद सचिवालयलाई सूचना दिएको छ भने निर्वाचन आयोगमा समेत जानकारी गराइएको स्रोतले जनाएको छ ।

कारवाहीमा पर्ने सांसदहरुमा माधव नेपाल, जीवनराम श्रेष्ठ, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी, निरादेवी जैरु, पुष्पाकुमारी कर्ण, सरला यादव, कलिला खातुन, विरोध खतिवडा, कृष्णलाल महर्जन, भवानी खापुङ, मेटमणी चौधरी रहेका छन् ।

कारबाहीमा परेकाहरु यसअघि प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ सांसद मध्येका हुन् । तर, अध्यक्ष केपी शर्मा ओलीको गुट छाडेर गएका प्रेम आलेसहितका सांसदहरु भने कारबाहीको सूचीमा परेका छैनन् ।