धुनीबेसीद्वारा जिल्ला विजेता खेलाडीलाई नगद सहित सम्मान

Avatar photo
Dhadingpost
असार २१, २०७८

धादिङ असार २१ । धादिङको धुनीबेसी नगरपालिकाले धादिङ जिल्ला स्तरीय दशौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा नगरपालिका नगरपालिकाबाट सहिभागि विजयी खेलाडीलाई नगद सहित सम्मान गरेको छ ।

बैशाख दोस्रो साता बेनीघाट गाउँपालिका स्थित विशालटारमा सम्पन्न दशौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा धुनीबेसी नगरपालिकाले ९ स्वर्ण, ४ रजत र ६ कास्य सहित द्वितिय स्थान प्राप्त गर्न गरेको थियो । धुनीबेसी नगरपालिकाले धुनीबेसीबाट सहभागि भई स्वर्ण, रजत र कास्य पदक जित्ने खेलाडीलाई क्रमशः नगद रु १०,०००, ७,००० र ५,००० र प्रमाणपत्र सहित सम्मान गरेको हो ।

उक्त जिल्ला स्तरीय प्रतियोगितामा धुनीबेसी नगरपालिकाले स्वर्ण, ४ रजत र ६ कास्य सहित द्वितिय स्थान प्राप्त गर्न, विना प्रतिस्पर्धा कराँतेबाट ८ स्वर्ण र, गुड स्टार्ट ब्रोडिङ्ग स्कुलका ऋषिल रेग्मीले १ स्वण सहित ३ पदक जितेका थिए । रेग्मीले ट्रीपल जम्पमा स्वर्ण, लङ्जम्पमा रजत र २०० मि दौडका कास्य पदक हात पारेका थिए ।

यस्तो थियो धुनीबेसीको पदक तालिका

  • करांते तर्फ ८ स्वर्ण
  • त्रिपल जम्प: छात्र प्रथम, छात्रा द्दितिय
  • लङ्ग जम्प: छात्र दोस्रो
  • कबड्डी: छात्र दोस्रो
  • २०० मि दौड: छात्र तृतीय
  • १५०० मि दौड: छात्र द्दितिय, छात्रा दोस्रो
  • १००८४ रिले दौड: छात्र तृतीय, छात्रा तृतीय
  • हाइ जम्प: छात्र दोस्रो
  • ४०० मि दौड: छात्र तृतीय, छात्रा तृतीय

ऋषिल रेग्मीको एकल पदक

  • ट्रीपल जम्प प्रथम
  • लङ्जम्प दोस्रो
  • २०० मि दौड तृतीय

यो पनि