हिमालकी रानी सार्वजनिक

Avatar photo
उपेन्द्र जम्कट्टेल
शुक्रबार, बैशाख २४, २०७८

धादिङ बैशाख २४ । हिमाली जनजीवनमा आधारित चलचित्र हिमालकी रानी सार्वजनिक भएको छ ।

रोशन फ्युवाको कथा तथा निर्देशन रहेको यस चलचित्रमा क्याप्टेन बिजय लामा, प्रदिप फ्युवा, शान्ता लामा, प्रकाश तामाङ, लक्ष्मी घिसिङि, मर्नेन तामाङ, जोङबा कान्छा, कमल तामाङ, जिबी घले, जयबिर तामाङ, स्योप्ता तामाङ लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

हिमाली भेग र पहाडी भेगको युवा युवतीको प्रेम कहानी मार्फत दूई गाउँ बिचको बिभेद अन्त्य गर्न खोजिएको छ । भेडी गोठ र चौरी गोठलाई ब्यवसायमुलक बनाउन सकिन्छ भन्ने मुल शन्देश बोकेको हिमालकी रानी एक आर्गानिक चलचित्र हो ।

चलचित्रमा ३ वटा गीत समाबेश छ । मेलिना राईको आवाजमा रहेको जान्छु काठमाण्डौ बोलको गीत लोकप्रिय बनेको छ । धादिङ नुवाकोटको हिमाली क्षेत्रमा प्रचलित म्हेन्दोमाया गीत नयाँ जोवन पनि निकै रुचाईएको गीत हो । गायक रोज मोक्तान र शशिकला मोक्तानको आवाजमा रहेको मनकी रानी पनि राम्रो बनेको छ ।

धादिङ जिल्लाको हिमाली भुभाग रुबी भ्याली र रसुवामा छायांकन गरिएको हिमालकी रानीलाई सुनानी तामाङ प्रशंशा फ्युवा र कमल तामाङ ले निर्माण गरेका हुन । कोभिड का कारण केही बिशेष प्रदर्शन पछि युट्युवमा सार्वजनिक गरेको बताउछन् ।