माधव नेपाल आउने भए पछि गजुरी महोत्सव रोकिँदै

Avatar photo
Dhadingpost
चैत्र १०, २०७७

धादिङ चैत्र १० । धादिङको गजुरी गाउँपालिका स्थित गजुरी बजारमा चैत्र १२ गते देखि २४ गते हुने भनिको प्रथम गजुरी महोत्सवको उद्घाटन गर्न माधव नेपाल आउने भए सँगै राजनीतिक कारणले करिव करिव स्थगित हुने अवस्थामा आईपुगेको छ ।

धादिङका पूर्व माओवादी केन्द्र र एमाले नेपाल पक्षले प्रमुख अतिथिमा माधव नेपाल नल्याई नछाड्ने र गाउँपालिका प्रमुख राजेन्द्र विक्रम बस्नेतले त्यसो गरिए कोरोना रोकथामको सूचना अनुसार महोत्सव स्थगित गरिदिने बताउनु भएको, आयोजक समितिका एक सदस्यले हामीलाई बताए ।

गाउँपालिका प्रमुखको महोत्सव स्थगित हुने भनाई सार्वजनिक भएको केहि घण्टा मै गजुरी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजन घिमिरेले भिडभाड हुने कुनै पनि कार्य नगर्न भन्दै सूचना जारि गरेका छन् ।

समग्र धादिङको कामना, एक घर एक व्यवसाय हाम्रो चाहना भन्ने नाराका साथ साना तथा मझौला व्यवसायी महासंघ धादिङले आयोजना गर्न लागेको यस महोत्सवको अन्तिम तयारी सकि सकेको अवस्थामा आए्र स्थगित गर्न दवाव आईरहेको छ । हामी निरन्तर छलफल र वैठकमा नै छौं महोत्सव ओयोजक समितिका संयोजक सुमित श्रेष्ठले बताए ।

यस अघिको समाचार