नेपालगन्जमा प्रेसिडेन्ट लिग सुरु धादिङ र जुम्ला बीचको खेल भोली

Avatar photo
Dhadingpost
चैत्र २, २०७७

धादिङ फागुन २ । नेपालगन्जमा आजबाट अन्तर प्रदेश स्तरिय प्रेसिडेन्ट लिग फुटबल प्रतियोगिता सुरुभएको छ । यस प्रतियोगितामा बागमती प्रदेश विजेता धादिङ भोली दिउँसो जुम्ला सँग खेल्ने छ ।

आज भएको उद्घाटन खेलमा रौतहटलाई कैलालीले ३ गोलले पराजित गर्यो । कैलालीको स्टारसिटीका तर्फबाट १७ नं. जर्सीका रुपबहादुर लामाले खेल प्रारम्भ भएको ३ मिनेटमै पहिलो गोल गरेर जितको सुरुवात गरेका थिए । त्यस्तै दोस्रो गोल पहिलो हाफको इन्जुरी समय ४६ मिनेटमा ११ नं. जर्सीका दीपक राज सिंह ठकुरी र ८१ मिनेटमा तेस्रो गोल फेरि रुपबहादुरले गर्दै टिमलाई जिताएका थिए ।