एन्फा प्रेसिडेन्ट लिग, हामी जित्छौं -दिपक खतिवडा

Avatar photo
Dhadingpost
फाल्गुन २९, २०७७

धादिङ फागुन २९ । फुटबल संघ धादिङका अध्यक्ष दिपक खतिवडाले प्रेसिडेन्ट लिग खेल्न नेपालगंज प्रथान गरेका खेलाडीलाई विदाई गर्दै बागमती प्रदेशको जितका लागि धादिङ समाजका खेलाडीलाई शुभकामना साथ विदाई गर्नु भएको छ ।

एन्फा प्रसिडेन्ट लिग हामी जित्छौं र जित्नुपर्छ, बागमती प्रदेश फुटबलमा कमजोर छैैन । जितका अठोटका साथ हामीले खेलाडीलाई विदाई गरेका छौं अभिभावकत्व प्रदान गर्न आफु पनि प्रतियोगिताको समय नेपालगंज रहने एन्फा अध्यक्ष खतिवडाले हामीलाई बताउनु भयो ।

धादिङमा फुटबल खेलाडी उत्पादन गर्न विशेष योगदान गर्दै आउनु भएका खतिवडा जिल्ला स्तरीय एन्फा लिग, प्रदेश स्तरीय लिग होस् या क्लव स्तरीय प्रतियोगिता होस् खेलाडीलाई प्रत्सोहानका खेलाडी साथ मै देखिनुहुन्छ । हामीले फुटबल प्रेमी एन्फा धादिङका अध्यक्ष पाएका छौं खेलाडीका हरेक समस्याको निगरानी गर्ने, अध्यक्ष पाएका छौं, जितका लागि हरेक म्याचमा हौंसला दिनुहुन्छ धादिङ समाजका स्टाईकर अनमोल भण्डारीले आफ्नो अनुभव सुनाउनु हुन्छ ।

बागमती प्रदेश स्तरीय प्रतियोगितामा धादिङका खेलाडीले फाईनल खेल खेल्दै गर्दा प्रति गोल १५ हजार दिने घोषणा, नुवाकोटमा भएको उक्त प्रतियोगितामा धादिङबाट खेल हेर्न गएका दर्शकलाई टिकट अध्यक्ष खतिवडाले नै व्यवस्था गरिदिनु भएको थियो ।

केहि दिन पहिला मात्र धादिङमा सम्पन्न अन्तर पालिका स्तरीय समन्वय कप फुटबल प्रतियोगितामा विजेता र उप विजेतालाई आर्थिक सहयोग गर्नू भएका अध्यक्ष खतिवडाले फुटबल प्रतियोगिताको लागि सहयोगको अपेक्षा सहित पुग्ने क्लवहरुलाई संस्थागत होस् या व्यक्तिगत खालि हात पठाउनु हुन्न । अहिले नेपालगंजमा हुने प्रेसिडेण्ट कपमा समेत उहाँलेले व्यक्तिगत आर्थिक सहयोग गर्नुभएको धादिङ समाज धादिङका कोच गोपी कृष्ण भण्डारी बताउनु हुन्छ ।

लिग सिंगल राउण्ड रोविनका आधारमा हुने यस लिगमा चैत्र ३ गते पहिलो खेल धादिङले लेकाली युवा क्लव जुम्ला सँग खेल्ने छ, भने दोस्रो खेल चैत्र ५ गते त्रिवेणी युवा क्लव लम्जुङ सँग खेल्ने छ । यस्तै धादिङले तेस्रो खेल चैत्र ७ गते मनकामना युवा क्लव रौतहट सँग, चैत्र ९ गते स्टार सिटी क्लव कैलाली सँग, चैत्र ११ गते धम्बोझी स्पोर्ट क्लव बाँके सँग र अन्तिम खेल चैत्र १३ गते सैनिक फुटबल क्लव झापा सँग खेल्ने छ ।