
धादिङ फागुन २३ । धादिङको नीलकण्ठ नगरपालिका १ स्थित पात्लेमा फागुन २१ गते देखि जारी अन्तरपालिका स्तरीय समन्वय कपको आज तेस्रो दिन ३ खेल हुने आयोजकले जनाएको छ ।
आज फागुन २३ गते हुने ३ खेलहरु
- सिद्धलेक गाउँपालिका Vs बेनीघाट रोराङ गाउँपालिका – ८ बजे
- गजुरी गाउँपालिका VS त्रिपुरासुन्दरी गाउँपालिका- १२ बजे
- नेत्रावती डब्जोङ गाउँपालिका VS नीलकण्ठ नगरपालिका -२ बजे
- धादिङमा समन्वय कप जारीः दोस्रो दिन त्रिपुरासुन्दरी, ज्वालामुखी र नीलकण्ठ विजयी
- धादिङमा समन्वय कप फुटबल जारी, गजुरी र नेत्रावती डब्जाेङकाे विजय सुरुवात
- धादिङमा खेल मैदान समेत नभएको क्लवले प्रदेश जित्यो –राखेप सदस्य सचिव सिलवाल
- धादिङमा अन्तरपालिका स्तरीय फुटबल प्रतियोगिता (खेल तालिका समेत)
दुई समु्ह बनाएर खेलाईएको यस प्रतियोगिताको पहिलो चरण अन्तरगते एक खेल बाँकी छ भने अन्य ५ खेलहरु सकिसकेका छन् ।
जसमा गजुरी, नेत्रावती डब्जोङ, त्रिपुरासुदरी, ज्वालामुखी गाउँपालिका र नीलकण्ठ नगरपालिका पहिलो चरणको खेलमा विजयी हुँदै दोस्रो चरण प्रवेस गरेका छन् भने खनियाबास, थाक्रे, धुनीबेसी, गल्छी र रुबीभ्याली प्रतियोगिताबाट बाहिरि सकेका छन् ।
जिल्ला समन्वय समिति धादिङको आयोजना तथा बुद्धभूमी युवा समाजको व्यवस्थापनमा नीलकण्ठ १ पात्लेमा भोली (फागुन २१गते) देखि जारी धादिङको गंगाजमुना गाउँपालिका बाहेका पालिकाले भाग लिएको यस प्रतियोगिताको प्रथम पुरस्कार स्वरुप नगद १ लाख, द्धितिय पुरस्कार ५० हजार, सान्तोना पुरस्कार १५–१५ हजार शिल्ड र प्रमाणपत्र रहेको आयोजकले जनाएको छ ।
