
फ्युर्देन प्रकाश तामाङ,
धादिङ माघ २३ । ल्याक्चेकुन्ड संरक्षण समाजको आयोजनामा खनीयाबास ३ कुरीमा भएको फुटबल प्रतियोगितामा कुरी युवा क्लव प्रथम भएको छ ।
माघ १७ गते देखि कुरि खो गरामा भएको वडा स्तरीय प्रतियोगितामा झार्लाङ् युवा क्लवको ३ गोलको विरुद्ध ५ गोल गर्दै कुरी युवा क्लव प्रथम भएको हो । यो सँगै झार्लाङ् युवा क्लव प्रतियोगिताको उपविजेता बन्यो ।
तृतिय स्थानका लागि सिङ्गाङ एकता समाज र सदाबहार युवा क्लब धार्ना बीच भएको खेलमा सदाबहार युवा क्लब धार्ना ३ गोल र सिङ्गाङ एकता समाजले २ गोल गर्दै १ गोलको अग्रता कायम गरेर सदाबहार युवा क्लब धार्नाले तृतिय स्थान हासिल गरेको थियो ।
प्रतियोगिताको उत्कृष्ट गोल किपरमा कुरीका किपर अमृत तामाङले पाएका छन् भने उत्कृष्ट खेलाडीमा झार्लाङ्गका खेलाडी डेभिड तामाङ्गले पाए ।
बुधबार सम्पन्न भएको प्रतियोगितामा प्रथम हुनेलाई ३० हजार, दितियलाई २० हजार, तृतियलाई १० हजार नगद र साथमा शिल्ड मेडल र प्रमाण पत्र प्रदान गरिएको आयोजकले जनाएको छ ।
२८५७ औं सोनाम ल्होछारको अवसरमा ल्याप्चेकुण्डको आन्तरिक पर्यटन प्रवर्धनको लागि आयोजना गरिएको भनिएको यस प्रतियोगितामा १५ वटा टिमले भाग लिएका थिए ।
यस सँग सम्बन्धित समाचारहरु
- कुरीमा जारी फुटबलको आजबाट फाइनल सुरु
- खनीयाबास कुरीमा जारी फुटबल प्रतियोगिता क्वाटर फाइनल प्रवेस
- कुरीमा माघ १७ गतेबाट फुटबल प्रतियोगिता हुने



