किराञ्चोक स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण

Avatar photo
Dhading Post
मङ्लबार, अशोज २७, २०७७

धादिङ असोज २७ । धादिङको गजुरी गाउँपालिकाले वडा नम्बर ७ र ८ लाई लक्ष्यित गरि किरान्चोक स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण गरेको छ ।

गजुरी गाउँपालिकाका स्वास्थ्य संयोजक डा. रामहरी रेग्मीका अनुसार करीव १० लाख रुपैयाको लागतमा एम्बुलेन्स खरिद गरि मंगलबार बिहान किरान्चोक स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण गरेको हो ।

पृथ्वीराजमार्ग स्थित आदमघाट देखि १२ किलो मिटरको दुरीमा रहेको किराञ्चोक स्वास्थ्यमा एम्बुलेन्स नहुँदा स्थानीयहरुलाई बिरामी अस्पताल सम्म ल्याउन सकस भैरहेको बेला गाउँपालिकाले एम्बुलेन्स हस्तान्तरण गरेको हो ।
धादिङपोष्टको लागि फोटो सौजन्य किशाेर अधिकारी