बेल्जियम असोज ८ । नेपाल रेडक्रस सोसाइटी चितवनको प्रादेशिक ब्लड बैंकका लागि एनआरएनएले मोबाइल ब्लड बस सहयोग गर्न आर्थि संकलन सुरुभएको गैरआवासीय नेपाली संघ (एनआरएनए) का सह-कोषाध्यक्ष लोक दाहालले धादिङपोष्टलाई बताउनु भएको छ ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) मोबाइल ब्लड बस प्रोजेक्ट सुरु भैसकेको छ । हामीले कोष बनाएर आर्थिक संकलन गर्न सुरुगरि सकेका छौं । गैर आवासीय नेपाली संघ नेदरल्याण्ड, चितवन सहायताकोष बेल्जियम लगायतका संस्थाहरुबाट सहयोग पनि कोषमा आई सकेको छ । हामी चितवनलाई अत्यधुनिक प्रविधि युक्त उपकरण जडित ब्लड मोबाईल बस प्रदान गर्ने अन्तिम तयारीमा छौ दाहालले बन्नु भयो ।
नेपालमा रक्तचाप प्रणालीको अवधारणा सुधार गर्न एनआरएनएले एउटा कार्यदल गठन समेत बनाएको छ । एनआरएनएका अध्यक्ष कुमार पन्तको संयोजकत्वमा बनेको उक्त कार्यदलमा सचिव गौरीराज जोशी, सह-कोषध्यक्ष लोक दाहाल रहनु भएको छ ।
एनआरएनएले दशै अगावै उक्त बस हस्तान्तरण गर्ने लक्ष्य लिएको उक्त मोबाईल ब्लड बसको लागि साढे १ करोड लागतको हुने बताईएको छ ।