बेनिघाट रोराङका काँग्रेस प्रजातान्त्रिक सेनानी नहर्कीको बाथरुममा लडेर मृत्यु

Avatar photo
दिपेश कडेल
बिहिबार, अशोज ८, २०७७

धादिङ असोज ८ । धादिङको बेनिघाट रोराङ गाउँपालिका स्थित विशालटार निवासी नेपाली काँग्रेसका प्रजातान्त्रिक सेनानी ९६ वर्षिय मणिराज नहर्कीको असामहिक निधन भएको छ ।

विक्रम सम्वत् १९८२ साल कार्तिकमा जन्मनु भएका नहर्की विशालटार स्थित घरको बाथरुममा लड्नु भए सँगै उपचारको लागि काठमाडौं स्थित अन्नपूर्ण न्यूरो हस्पिटन लाँदै गर्दा बुधबार असामहिक निधन भएको हो ।

२०४२ सालको सत्याग्रहको पूर्वसन्ध्यामा नेपाली काँग्रेस धादिङले काँग्रेसका तात्कालिन महामन्त्री गिरिजाप्रसाद कोइरालाको प्रमुख आतिथ्यमा सम्पन्न भेला विशालटार स्थित आफ्नै घरमा गराउन स्वर्गीय नहर्कीको उल्लेखनीय योगदान रहेको थियो नेपाली काँग्रेस धादिङले जनाएको छ ।

पञ्चायत कालमा पटक पटक वीपी स्मृति दिवसको अवसरमा विशालटारमा वृक्षारोपण कार्यक्रम गराउन पनि उहाँले अग्रणी भूमिका निर्वाह गर्नुभएको थियो । उहाँ नेपाली काँग्रेसको प्रजातान्त्रिक सेनानी नहकी कै सक्रियतामा बिशालटारमा रहेको चन्द्रोदय मावि स्थापना थियो ।