मुलुक सहिदको सपना अनुसार नै अगाडी बढेको छ -भण्डारी

Avatar photo
Dhadingpost
भदौ १५, २०७७

धादिङ भाद्र १५ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बागमती प्रदेशका सचिवालय सदस्य रामबहादुर भण्डारीले मुलक सहिद, वेपत्ता तथा घाईते अपाङ्गको सपना अनुसार नै अगाडी बढेको दावी गर्नु भएको छ ।

धादिङबेसीमा आयोजित शहिदहरु इन्द्र बहादुर थपलिया(चट्टान), बिन्दा सुवेदी(अनिता) र कमल ढकाल(तराई) को १८ औँ स्मृति दिवसमा बोल्दै नेता भण्डारीले शान्ति सम्झौताका केहि काम अझै बाँकी तर सहिदको सपना अनुसार नै नेकपा अगाडी बढ्नेमा सङ्का नगर्न आग्रह गर्नु भएको थियो ।

तत्कालीन जनयुद्धका क्रममा धादिङको भुमेस्थानमा २०५९ साल भाद्र १५ गते आजैका दिन ३ जनालाई नै तत्कालीन शाही नेपाली सेनाले कब्जा गरी हत्या गरेको थियो ।

बेनीघाट रोराङका इन्द्र बहादर थपलिया, विन्दा सुवेदी भुमेस्थान र भुमेस्थान कै कमल ढकाललाई माओवादीको आरोपमा आजैका दिन तात्कालिन शाही सेनाले हत्या गरेको थियो ।

तात्कालिन शाही सेनाले ४८ वर्षिय थपलियालाई पार्टी कामको सिलसिलामा जाँदै गर्दा सेनाले भुमेस्थान खोस्टे खोला बिमिरेमा, १७ वर्षिय विन्दा सुवेदीलाई घरबाटै गिरफ्तार गरि घरमाथि जंगलमा र कमल ढकाललाई पनि सोही स्थनामा लगि हत्या गरेको थियो ।

सहिद विन्दा सुवेदीको घरमा नजिकै तात्कालिन माओवादीको कार्यक्रम हुँदैछ भन्ने सुराकी पाएको तात्कालिन सेना उक्त स्थान तर्फ जाँदै गर्दा थपलिया सेनाको कब्जामा पर्नु भएको थियो भने, सेना घर मै आई सकेको देखेपछि नाबालिका बिन्दा सुवेदीले माओवादी यहाँ आएका छैनन् ।

थाकेर आउनु भएको होला, चिसो पानी खाएर जानु होला, तपाईहरुलाई कति गाह्रो छ हगि भनेर सेनालाई अल्मल्याएको र त्यहि मौकामा दर्जन भन्दा बढी माओवादी कार्यकर्ताहरु भाग्न भ्याएका थिए । सेनाले अल्मल्याएको थाहा पाएपछि हामीलाई तैले माओवादी भगाउन पो अल्मल्याएकी रहिछे भन्दै, घरबाट घिसारेर माथि जंगलमा लगेर हत्या गरेका थिए ।

कार्यक्रममा जनक्रान्तिका शहिद तथा बेपत्ता परिवार समाज धादिङका अध्यक्ष राम बहादुर भण्डारीको अध्यक्षता तथा नेकपा धादिङका नेता बिनोदबाबु रिमाल सरोजले सञ्चालन गर्नुभएको स्मृति दिवसमा नेकपा धादिङका नेता केशरी प्रसाद पन्त, लगायतका नेता तथा कार्यकर्ताहरुको आतिथ्यता रहेको थियो ।