धादिङमा कोरोना संक्रमितको संख्या ३० पुग्यो, आज थपिए ७ जना

Avatar photo
Dhadingpost
जेष्ठ २९, २०७७

धादिङ जेष्ठ २९ । धादिङ जिल्लामा कोरोना भाईरस (कोभिड १९) संक्रमितहरुको संख्या ३० पुगेको छ ।

धादिङ जिल्लामा जेष्ठ २७ गते सम्म २३ जनाको कोरोना भाईरस पोजेटिभ देखिएको थियो भने बिहिबार त्रिपुरासुन्दरीमा ७ जना (१ नम्बर वडाको १ जना र ६ नम्बर वडाको ६ जना) लाई कोरोना संक्रमण भएको पुष्टि भए सँगै धादिङमा संक्रमितहरुको संख्या ३० पुगेको हो ।

बिहिबार संक्रमित ७ जना नै भारतबाट धादिङको त्रिपुरासुन्दरी गाउँपालिका फर्किएका हुन् । उनीहरु सबै क्वारेन्टिमा थिए ।

जेष्ठ २५ गते पिसिआर परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको मध्य ७ जनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य संयोजक यम बहादुर श्रेष्ठले बताए ।

सबैजना १२ दिनअघि भारतबाट आएर गाउँपालिकाको क्वारेन्टिनमा बसेका थिए । सुरुमा आरडीटी विधिबाट परीक्षण गरे पनि त्यसमा विश्वास नभएर फेरि ५५ जनाको पीसीआर विधिबाट गरिएको परीक्षणमा सात जनामा संक्रमण पुष्टि भएको गाउँपालिकाका प्रमुख शम्भु थापाले बताए ।

गाउँपालिकाका सातवटै वडामा एकरएक वटा क्वारेन्टिन बनाइएको छ । जसमध्ये वडा नं १ सल्यानटारको क्वारेन्टिनमा रहेका एक जना र वडा नं ६ कालिन्चोकको क्वारेन्टिनका ट जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमित व्यक्तिलाई गाउँपालिकाकै स्वास्थ्य चौकीमा बनाइएको आइसोलेसनमा राखिने गाउँपालिकाका प्रमुख थापाले जानकारी दिए ।

यो सँगै धादिङ कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या ३० पुगेको छ । संक्रमित हुनेमा नेत्रावती डब्जोङ गाउँपालिकामा १, गल्छी गाउँपालिकामा १, थाँक्रे गाउँपालिकामा १, धुनीबेसी नगरपालिकामा १, सिद्धलेक गाउँपालिकामा १, नीलकण्ठ नगरपालिकामा १७, गजुरी गाउँपालिकामा १ र त्रिपुासुन्दरी गाउँपालिकामा ७ जना रहेका छन् ।

यो पनि पढौं

तीस लाख घाटामा रहेको धादिङ अस्पतालका हाकिम चढ्न नयाँ गाडी किनिदै, धादिङबाट मेसुलाई लिन रक्सौलसम्म एम्बुलेन्स

धादिङबेसीको ४० वटा टेन्ट क्वारेन्टाइन प्रयोगमा आएन

x