
धादिङ जेष्ठ १५ । केहिदिन यता देखि धादिङमा छिमेकी मुलुक भारतबाट घर फर्कनेको क्रम जारी जारी छ । कोरोना भाईरसको संक्रमण रोकथामाका लागि भारत सरकारले जारी गरेको लकडाउनका कारण रोजगारी गुमे सँगै घर फर्कने क्रममा भारतीय सिमानामा रोकिएका धादिङबासीहरुलाई स्थानीय तहको समन्वयमा घर फर्काईनेक्रम जारी छ, भने कतिपय आफै बस रिजर्भ गरेर आईरहेका छन् ।
यसैक्रममा धादिङको नेत्रावती डब्जोङका प्रमुख दुर्गाकुमार शाक्य आफै भारतीय सिमा पुगी ४४ जना लिएर बुधबार धादिङ फर्किएका छन् । शाक्यले ल्याएका ४४ जना माध्य ५ जना नुवाकोटका स्थानीय हुन् । प्रमुख शाक्य आफ्ना नागरिकहरुलाई लिन मंगलबार स्वंयम भैरहवा र कृष्णनगर नाकाका क्वारेन्टिनहरुमा पुगे थिए ।
भारतबाट आउनेहरु मध्ये कतिपय सुनौली नाकामा क्वारेन्टिनमा बसिसकेका छन् । सुनौली नाकामा क्वारेन्टिनमा बसेकाहरु नेपाल प्रवेश गरेपछि पनि नेपाल तर्फको क्वारेन्टिनमा बस्न बाध्य भएको नेत्रावती – ३ का आस बहादुर तामाङले बताए ।
धादिङ जिल्लामा ९ सय ६२ जना क्षमताको क्वारेन्टिन तयरी अवस्थामा राखिए सँगै पछिल्लो समयमा भारतबाट आरडिटी परिक्षण र क्वारेन्टाईनमा नबसी घर फर्किएका २८ जना महिला सहित तीन सय ६ जनालाई क्वारेन्टाईनमा राखिएको छ ।
त्रिपुरासुन्दरीमा पनि भाए भारतबाट
भारतबाट नीलकण्ठले ल्यायो सोमबार ४९ जना
भारतबाट आफै बस रिजर्भ गरि धादिङ आए १३३ जना
भारतबाट एकै दिन धादिङ आए २१७ जना
