नेकपा धादिङको बैठक सम्पन्न, चार महिने कार्ययोजना तय

Avatar photo
Dhading Post
शुक्रबार, पुस ४, २०७६

धादिङ पुस ४ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धादिङ जिल्ला संगठन समितिको तेस्रो पुर्ण बैठक सम्पन्न भएको छ ।

बिहिबार धादिङबेसी स्थित मदन आश्रित स्मृति भवनमा सम्पन्न भएको बैठकले संगठन सुदृढिकरणका लागि चार महिने कार्ययोजना पारित गरेको बताईएको छ ।

बैठकले जिल्ला कमिटी सदस्यको लागि लेवि शुल्क ठोस गरि अनिवार्य रुपमा लेवि संकलन गर्ने निर्णय गरेको छ ।

मन्त्रिदेखि गाउँपालिका प्रमुख सम्मलाई तलवको १० प्रतिशद र त्यो भन्दा तल वडा सदस्य सम्म रहेका कार्यकर्ता सँग ५ प्रतिशद लेवि तिर्नु पर्ने भएको छ । अन्य जिल्ला कमिटी सदस्यहरुले मासिक १ सय रुपैयाँ लेवि तिर्नुपर्ने निर्णय समेत बैठकले गरेको वैठकमा सहभागी एक नेताले बताए ।

बैठकले सचिवाले गठन गर्ने भनिए पनि सचिवालय गठन गर्ने एजेण्डानै समावेस गरिएन तर पुस महिनाभर सचिवालय टुङ्गो लगाउने आन्तरिक सहमति भएको बताईएको छ ।

अहिले भएको जिल्ला कमिटिको संख्याको अनुपालमा १० प्रतिशद जिल्ला सदस्यहरु थपिने भएका छन् । पूर्व एमाले र पूर्व माओवादी केन्द्रका कतिपय पुराना तथा पार्टी संगठनमा त्याग गरेका युवाहरु जिल्ला कमिटीमा ल्याउन छुटेको भन्दै १० प्रतिशद जिल्ला कमिटी सदस्य थप गर्ने तयारी भएको एक नेताले बताए ।

वैठक जिल्ला अध्यक्ष नेत्र पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।