धादिङ फागुन २५ । त्रिशुली धमिलो पर्ने अबैध क्रसर र बालुवा वसिङ्ग गर्ने फिरफिरेको बिधुत लाइन काटिएको छ ।
धादिङ्ग जिल्लामा अबैध बालुवा खानी, क्रसर, बालुवा प्रसोधन गर्ने फिरफिरेको बिद्युत लाईन काट्ने अभियान जिल्ला प्रशासन धादिङ बिहिबारबाट सुरु गरेको हो ।
प्रमुख जिल्ला अधिकारी श्यामप्रसाद भण्डारीको संयोजकत्वमा सुरुभएको अबैध रुपमा संचाल भएका क्रसर फिरफिरेको विद्युत लाईन काट्ने अभियानमा जिल्ला प्रहरी कार्यालयका प्रमुख धुर्ब राहुत जिल्ला मालपोत कार्यालयका प्रमुख, नापी कार्यालयका प्रमुखका, विद्युत प्राधिकरण प्रतिनीधिको सयुक्त टोली रहेका छन् । ३ दर्जन भन्दा बढि बालुवा प्रसोधन गर्ने फिरफिरे र ३ दर्जनको हाराहारीमा क्रसरको लाईन काटिएको सकिएको छ ।
अनुगमनका क्रममा अधिकांश उद्योग सार्वजनिक स्थलमै सञ्चालन गरिएका तथा अनियमित तवरले विद्युत् लाइन जडान गरी दुरुपयोग गरेको फेला पारिएको थियो । प्रमुख जिल्ला अधिकारी श्यामप्रसाद भण्डारी र जिल्ला समन्वय समितिका संयोजक जगन्नाथ नेपालसहितको टोलीले मापदण्डविपरीत उद्योग सञ्चालन र अनियमित तवरले बेल्खु, स्यालटारलगायतका स्थानमा विद्युत् जडान गरेका २ क्रसर र ४० वटा बालुवा धुने उद्योगले प्रयोगमा ल्याएका ८ वटा विद्युत् ट्रान्सफर्मरको लाइन काटेको छ ।
‘अधिकांशले एक स्थानको लालपुर्जा रउद्योग दर्ता देखाएर त्रिशूली नदीका बगर, राजमार्ग छेउका सार्वजनिक जग्गा मिचेरउद्योग सञ्चालन गरेको पाइयो,’ प्रजिअ भण्डारीले भने, ‘विद्युत् प्राधिकरणले पनि जथाभावी विद्युत् लाइन वितरण गरी अनुगमन गरिएको पाइएन ।’ उनले इजाजत पत्रमा उल्लिखित सर्त र मापदण्डबाहिरका क्रसर र बालुवा प्रशोधन उद्योगका विद्युत् आपूर्तिबन्द गरिदिएको र मापदण्डमा आए पुन: जडान हुने बताए ।
प्रजिअ भण्डारीका अनुसार अनावश्यक रूपमा ट्र्रान्सफर्मरको क्षमता वृद्धि गराई एउटा उद्योगले लिएको विद्युत् लाइनबाट अन्य इजाजत नलिएका उद्योगले विद्युत् खरिद गरी प्रयोग गर्ने गरेको फेला परेको छ । विद्युत् ट्रान्सफर्मर लाइन कटौती पर्नेमा थाक्रे–४ स्थित शिवराम रेग्मीसहितका २ वटा क्रसर, स्यालटारस्थित केशव अधिकारीको सक्सेस बालुवा प्रशोधन उद्योग, बेल्खुस्थित गणेशलाल श्रेष्ठको इन्द्रेणी बालुवा प्रशोधन र केबी कर्माचार्यका बालुवा प्रशोधन उद्योगलगायत ८ वटा ट्रान्सफर्मर छन् । ती ट्रान्सफर्मर जडान गर्नेहरूले अन्य अवैध बालुवा प्रशोधन उद्योगलाई बिजुली बेचेको फेला परेको थियो ।
विभिन्न मापडण्ड बनाएर क्रसर उद्योग र फिरफिर संचालनको लागि अनुमति दिएको प्रशासनले अनुमति वेगर संचालनमा आएका र अनुमति पाएकाले पनि मापदण्ड विपरित कार्य गर्नेको विद्युत लाइन काट्ने अभियान सुरु भएकै दिन देखि त्रिशुली नदीले स्वरुप फेरेको छ ।