चुमिरहूँ जस्तो लाग्ने कालीको छाल

Avatar photo
Dhadingpost
सोमवार, फाल्गुन ११, २०७१

– उत्तम कँडेल
सर्जक तथा राजनीतिकर्मी उत्तम काडेलद्वारा लिखित जोखिमका पाइला मा लेखकले २०६१ सालमा मकवानपुरदेखि रुकुमसम्म र रुकुमदखि धादिङसम्म गर्नुभएको यात्राका क्रममा लेखिएको दैनिकी हो । अत्यन्त सरल भाषामा लेखिएको यो कृतिले जनयुद्धताका योद्धाहरुले भोगेका कठिनाइ र तत्कालीन परिस्थितिलाई बुझ्न मद्दत पुर्याउछ ।
हामी बिहान ब्युाझिादा घाम लागेकै थिएन । बिहानभरि नै घाम लाग्दै लागेन । जाडो असाध्यै बढिरहेको थियो । मलाई टाउको दुख्ने समस्याका साथै हल्का ज्वरोले ग्रस्त पारेको थियो । साथीहरू भान्साको तयारीमा थिए । आजको खानामा मासुको तयारी भइरहेको थियो । म भने बिहानभरि केही नगरी आराम गरिरहेा । केही गर्ने जाागर पनि थिएन । म मासु खाादैनथेा, त्यसकारण गाउातिर दूध र अन्य तरकारी पाइन्छ कि भनेर ओल्लोघर पल्लोघरतिर यसो चहारेा तर सम्भव भएन । जसोतसो बिहानको खाना भने खाइयो ।
यो उराम पोखरा रमाइलो गाउा रहेछ । यहााााबाट पर्वतको सदरमुकाम कुस्माभन्दा स्याङ्जाको वालिङ नजिक छ रे । हाम्रो पार्टीलाई राम्रो जनसमर्थन प्राप्त uttam kandelभएको रहेछ यहााा । यति हुादाहुादै पनि यो गाउाामा पूर्णकालीन कार्यकर्ता चाहिा कोही भएका रहेनछन् । विगतमा एका दुई साथीहरू पूर्णकालीन नभएका चाहिा होइनन् । तथापि उहाााहरूको सहादत भएपछि अरु कोही पनि पूर्णकालीन हुन आाट गरेका रहेनछन् । एमाले प्रभावशाली राजनौतिक शक्ति रहेछ यहााा । तर आजभोलि उनीहरू अलि ओइलाएका छन् रे । हुन पनि क्रान्तिकारी बिचार र वलिदानको राजनीति गर्नेहरूको अगाडि राजनीतिका लागि राजनीति गर्नेहरू ओइलाउनु अस्वाभाविक पनि त होइन नि ।

हाम्रो अगाडिको यात्रा र टोलीको सुरक्षाबारे हामीले फेरि छलफल चलायौा । यतातिर शाहीसेनाले बराबर गस्ती गर्ने र घरहरूमा खानतलासी गर्ने गरेको रहेछ । हाम्रो सुरक्षाको बारेमा यहााका साथीहरू निकै चिन्तित देखिनुहुन्थ्यो । असुरक्षा र केही असहज स्थितिको सम्भावना बढ्दैछ भन्ने सूचना पाएपछि मध्यान्ह बाह्रबजेतिर हाम्रो यात्रा अगाडिको निशानातिर सोझियो ।

फेरि पनि उही कच्ची सडकैसडक । कहिले उकालो कहिले ओरालो हामी लगातार हिाडिरह्यौा । निरन्तरको हिाडाइले हामीलाई निकै गाह्रो भैरहेको थियो । खुट्टा गलेर कुनैकुनै बेला त पाइला सार्नसमेत मुस्किल पथ्र्यो । हल्का ज्वरो आइरहे पनि हिाड्नै पर्नेहुादा म पनि लामो र ठूलो फौजी यात्रामा तानिादै गएा । हामीले थकानयुक्त यात्राकै क्रममा प्यादी र गुणादी गाउालाई पनि पछाडि छोड्यौा । हाम्रो अगाडि नेपालटार नामको अर्को गाउा आइपुग्यो । त्यसलाई पनि छोडेर एउटा छोटो ओरालो झरेपछि इमीचौर बजारले हामीलाई पुलुक्क हेरिदियो । यो बजार रानीपानी गाविस वडा नं. ५ मा पर्दोरहेछ । यो बजार सकिनासाथ हाम्रो यात्राले पर्वतलाई बिदाई गरेर गुल्मी जिल्ला प्रवेश गर्दोरहेछ । अर्थात् यो बजार नै पर्वतको अन्तिम बजार रहेछ । काली गण्डकीको किनारमै रहेको यो बजारसम्म कच्चीबाटो हुादै मोटर पनि चल्दो रहेछ ।

हामी इमिचौर बजारको पुछारमा रहेको लामो झोलुङ्गे पुुल तर्न आइपुग्यौा । पुल तरेपछि हामीलाई एउटा भव्य पहाडी बजारले जिज्ञासापूर्ण नजर लाउादै स्वागत गर्žयो । पुलवारि पर्वतको भूमि, पुल तरिसकेपछि टेकिन आउने भूमि गुल्मी जिल्लाको पूर्तिघाट । यो बजार कालीको किनारबाटै पर्खाल उठाएर बनाइएको बजार थियो । मलाई भने यो बजारले गोरखाको आरुघाट र नुवाकोटको त्रिशुली बजारको झझल्को लगाइदियो । पहाडी बजारहरूको विशेषता जहाा पनि प्रायः उस्तै हुादोरहेछ । सााघुरो गल्ली, भव्य घरहरू, व्यापारिक चहलपहल, दूरदराजबाट आएका गरिब गाउाले ग्राहकहरू नै पहाडी बजारका थप विशेषता हुन् । यो बजार पर्वत, गुल्मी र बाग्लुङका केही गाउाहरूको पायक पर्ने बजार रहेछ । यहााबाट करिव एक घण्टाको पैदल यात्रामै बाग्लुङको सिमाना टेक्न पुगिादो रहेछ । बजारमा गाउाले ग्राहकहरूको निकै बाक्लो हुलहाल थियो । हाम्रो टोली पनि त्यही हुलहालभित्र चालै नपाई हराइदियो । केही साथीहरू किनमेलमा व्यस्त भए । म पनि एकछिन बजारतिर घुमघाम गरेा । बजारबाट कालिगण्डकी परपरसम्म नागबेली परेर घुमिघुमी बगेको देखिन्थ्यो । काली चोखो र निर्मल पानी बोकेर लगातार बगिरहेको थियो । एकोहोरिएर मैले त्यो नागबेली परेर बगिरहेको पानीलाई हेरेा र त्यसको गतिसागै हाम्रो यात्रालाई तुलना गरेा, मलाई उस्तैउस्तै लाग्यो । कालीको निर्मल पानी हेर्दै मैले बागमतीलाई एकपटक संझिएा । मैले देखिरहेको बाग्ामतीको पानी चाहिा छुन पनि घिन लाग्ने खालको थियो । तर काली निर्मल र चोखों पानी बोकेर लगातार गन्तव्यतर्फ बगिरहेको थियो । त्यसलाई हेरेर यस्तो लाग्थ्यो कि यो निर्मल जलराशीलाई ग्वाम्मै अागालो हालूा र चुमीरहूा । मेरो हृदयको गहिराईबाट प्रष्फुटन भएको यो देशप्रतिको माया थियो र थियो प्रकृतिप्रतिको प्रेम ।

यात्राका निम्ति आवश्यक बन्दोबस्तीका सरसामग्री किनमेलपछि हामीले बजार छोड्यौा । बजार छेउमै उत्तरतिरबाट आएको सानो गुङ्दी खोला हाम्फालेर कालीगण्डकीमा खसिरहेको थियो । हामीलाई डोर्žयाइरहेको बाटो त्यही गुङ्दी खोलाको खोाचभित्र लुसुक्क छिर्žयो । यो खोला सााघुरो पहाडी चेपबाट हाम्रो हिाडाईको ठीक उल्टो दिशातिर बगिरहेको थियो । गुङ्दी खोलाखोलै हामी करिव दुई घण्टा हिाड्यौा । रात पर्दै गयो, हाम्रो यात्राको गति बेरोकटोक ढङ्गले अगाडि बढिरह्यो । किनारै किनार हिाडिरहेका हामीसाग एकाएक एउटा झोलुङ्गे पुलले जम्काभेट गर्žयो । यो पुल पनि हामीले तर्नैपर्ने रहेछ । पुल तरेर ठाडो उकालो उक्लिरहादा हामीले बाटोको ओर्तिर र पर्तिर केही रमाइला बस्तीहरू देख्यौा । रात गहिरिादै गैरहेको थियो तर जुनेली रातको घुर्मैलो उज्यालोमा पनि ती गाउााहरू स्पष्ट देखिन्थे । रातको सन्नाटामै पनि वारिपारिका अग्ला डााडा र भिरहरू गजधुम्म बसिरहेका थिए । गोरेटो बाटो अग्ला रुखहरूको मुनिबाट अगाडि-अगाडि तन्किएको थियो । जूनको किरण दोछायाा परेकाले बाटो आधा अाधेरो र आधा घुर्मैलो थियो । त्यही घुर्मैलो उज्यालोमा लड्दैपड्दै हामी एउटा गाउाा उक्लियौा । यो भुर्तुङ्ग गाविसको छापचौर रहेछ । भोक र थकानले ग्रस्त भएका हामीलाई छापचौरले न्यानो आतिथ्य प्रदान गर्žयो । रातको कठ्याङ्गि्रादो जाडोमा पनि स्थानीय साथीहरूले आफैाले बनाएको खाना खुवाउनु भयो । खाना हाम्रो थकान र भोक जत्तिकै मीठो थियो । खानापछि स्थानीय साथीहरूले सजिलो बासको व्यवस्था गर्नुभएछ । खुसी मान्दै हामी पल्र्याङपुर्लुङ पल्टियौा । -क्रमशः