संघीयतामा आर्थिक स्रोत र वितरणको आवश्यकताबारे पनि सोच्ने की ?

Avatar photo
Dhadingpost
आइतवार, मंसिर २१, २०७१

विरोध अधिकारी

पहिलो संविधानसभाले संविधान दिन नसक्दै भगं भयो भने दोस्रो संविधान सभा पनि पहिलोले गर्न नसकेको काम शासकिय स्वरुप, संघीयता लगायतका विषयमा नै अड्किएर वसेको छ । पहिलो मस्यौदा ल्याउने माघ ८ को डेडलाइन नजिँकिदै जाँदा पनि सहमतिको कुनै आभास पाउन सकिएको छैन । एमाओवादी लगायतको २२ दल जातिय पहिचानसहितको सकेसम्म धेरै संघीयताको माग गरिरहेका छन् भने नेपाली कांग्रेस र नेकपा एमाले लगाएतको सत्तापक्ष भने पहिचान विनाको सकेसम्म कम संघीयराज्यको वकालत गरिरहेका छन् । हाल दुवै पक्षले संघीय राज्यको कुरालाई संख्या र जातिय पहिचानलाई मात्र मुद्दा वनाइरहेका छन् । के जातिय पहिचान मात्र संघयीताको आधार हुन सक्छ त ?

केन्द्रीय राज्य व्यवस्थाले देशको स्थानिय तहसम्मको समस्या समाधान गर्न नसक्दा देशको विकासमा र राज्यले दिने सेवा सुविधामा भेदभाव भयो भनेर नै संघीयताको कुरा आएको हो । स्थानीय स्वयतत्ताको लागि भनेर नै विश्वभरि संघीय राज्यको अवधारणको आएकोे हो । संघीयता भनेको वावुको सम्पत्ति दाजुभाईलाई पहिले कान्छो छोरोलाई अनि अन्त्यमा वाँकी रहेको जेठो छोरोलाई अंशवण्डा गरेजस्तो होईन । कान्छो छोरोलाई धान फल्ने वेसी खेत अनि जेठोलाई पखेरावारी भागवण्डा गरेजस्तो गरेर देशलाई संघीयतामा धकेलिँदै गएको छ ।

आकारको हिसावले नेपाल अत्यन्तै सानो र थोरै जनसंख्या भएको देश हो । पश्चिमि मुलुकहरु, भारत र चिनमा झैं यातायातको विकास हुने हो भने सुदुर पूर्वको जनता सुदुरपश्चिम एक आधा घण्टामा पुग्न सक्छ । आज भौतिक पूर्वाधारको विकास नहुँदा हामीलाई संघीयताको आवश्यक रहेको छ तर केहि वर्षमा भौतिक पुर्वाधारको विकासले फड्को मार्ने हो भने नेपालमा संघीयताको आवश्यकता नहुन सक्छ । नेपाल भारतभन्दा २२ गुण ठूलो छ तर जम्मा २९ वटामात्र संघीय राज्य रहेको छ । राजधानी दिल्लीमा मात्र नेपालको भन्दा धेरै जनसंख्या रहेको छ । चीन नेपालभन्दा ६६ गुणा ठूलो छ तर केन्दि«कृत राज्य ब्यवस्था अनुसार नै चलिरहेको छ । यद्यपि नेपालमा भने राजधानी र केही शहरमा मात्र विकास भएको कुरा सत्य हो, कर्णाली, राप्ती, मधेश विकासमा पछाडि परेको पक्कै हो तर के संघीयता लागु हुँदैमा यो समस्या छुमन्तर हुन्छ त ?

अवश्य हुदैन । स्थापित र दुरगामि विकास हुनलाई आर्थिक स्रोत आवश्यक पर्छ । सबै संघीय राज्यको वरावर विकास हुनको लागि आर्थिक स्रोत पनि समान वनाउन आवश्यक हुन्छ । आर्थिक स्रोतको समान वितरण नगरि गरिएको संघीयताले देशमा विकासको मुल फुटाउने होइन देशलाई द्वन्द्व तिर लैजान्छ ।

विश्वमा धेरै देश केन्द्रिय शासन प्रणालीमानै संचालन भईरहेको छ तर पनि विकासको चरम सिमामा पुगेका छन् । देश विकास हुनको लागि आवश्यक पहिलो शर्त भनेको स्थिर राजनैतिक वातावरण नै हो । जबसम्म देशमा राजनैतिक वातावर अीस्थर रहन्छ जति सुकै राम्रो संघीयताले पनि समस्या समाधान गर्न सक्दैन । नेपाल जातजाति, भाषा संकृतिको साथै हिमाल पहाड, तराई को भौगोलिक विविधता भएको देश हो । संघीयताको नाममा हिमाल पहाड र तराईलाई टुक्राउन हुदैन । लेखकको मान्यता यो होईन कि नेपालमा संघीयता हुन हुँदैन अर्थात् केन्दिकृत राज्य ब्यवस्थ नै हुन पर्दछ तर संघीयता यस्तो होस् जसमा हरेक नेपालीले आफ्नो महसुस गर्न सकोस् र सवै संघीय राज्यहरु आर्थिक रुपमा सबल होस् । आर्थिक स्रोतहरु समान होस् । केन्दि«य राज्यले दिने र संघीय राज्यहरुले लिने खालको आर्थिक रुममा असमान संघीय राज्यहरु कायमहुने हो भने देश झनै विकास मा पछाडि पर्ने निश्चित प्राय छ ।

देशलाई संघीयतामा लैजानुपुर्व हाम्रो राजनैतिक नेतृत्वले सोच्नुपर्ने कुरा के हो भने हामीसँग आर्थिक भार कति पर्दछ भन्ने हो । एउटा संघीय राज्य संचालन गर्न, चुनाव गर्न, संघीय राज्यको राजनैतिक र प्रशासनिक खर्चको लागि यथेष्ट आर्थिक स्रोत नहुँदै हामि संघीयतामा जान्छौ भने त्यसले देशको आर्थिक विकास गर्न सक्छ र ? अवश्य सक्दैन यदि आर्थिक स्रोत समान हुन नसकेमा एक त संघीय राज्यहरु वीच कटुता वढ्छ भने अर्को तिर धनी र गरिव विचको असमानता पनि वढ्छ । आर्थिक असमानताकै कारणले शैक्षिक, भौतिक पुर्वाधार निर्माण जस्ता कुराहरुमा समेत असमानता वढाउने भएकोले आर्थिक स्रोत र ब्यवस्थित वितरण विनाको संघीयताले राष्ट्रमा द्वन्द्व मात्र निम्ताउने छ ।

नेपालको आर्थिक स्रोत अर्थात आम्दानी हेर्ने हो भने रोचक कुरा के छ भने कुल आम्दानीको करीव ८० प्रतिशत आम्दानी मध्य विकास क्षेत्रले मात्र गर्दछ, पूर्वी विकास क्षेत्रले करीव ९ प्रतिशत, पश्चिम विकास क्षेत्रले करीब ९ प्रतिशत, मध्य पश्चिम विकास क्षेत्रले २ प्रतिशत आन्दानी गरेको छ भने सुदुर पश्चिम विकाश क्षेत्रले केवल १ प्रतिशत मात्र आम्दानी गर्दछ ।

अञ्चलको कुरा गर्दा वागमती अञ्चल अगाडि रहेको छ भने काठमाडौं जिल्लाले मात्र कुल आन्दानीको ३० प्रतिशत भाग रहेको छ । आम्दानीको यो विशाल फरकलाई अझै पनि नजर अन्दाज गरी संघीयतामा जाने हो भने यसले झनै समस्या ल्याउन सक्छ । संघीयतामा जादा भौगोलिक, जातिय साथै आर्थिक आधारलाई पनि ध्यान दिन आवश्यक रहेको छ । सबै समान आर्थिक हैसियतको संघीय राज्य निमार्ण गर्न नसिएला तर पनि केहि समान त बनाउनै पर्दछ । आर्थिक रुपमा पछाडि परेका राज्यहरुलाई केन्दि«य सरकारले कसरी सहयोग दिने भन्ने कुराको पूर्व निर्धारण गर्न आवश्यक रहेको छ ।