
एक जमानामा माओत्सेतुङलाई हिटलरभन्दा क्रुर र तानाशाह ठान्ने पश्चिमा बौद्धिकहरू उनको बारेमा नजिकबाट यथार्थ जानकारी हुदै गएपछि कुशल नेता र बौद्धिक उच्चता भएका दार्शनिक मान्न थाले । पश्चिमा जगतका प्राज्ञहरूले माओत्सेतुङलाई कुशल क्रान्तिकारी राजनीतिक नेता मात्र नभएर वीसौ सताब्दीका दार्शनिक मान्न थाले ।
खास गरी सन् १९६० पछि चिनिया क्रान्ति र माओत्सेतुङका सिद्धान्तहरूको बारेमा अध्ययन गर्न पश्चिमा प्राज्ञहरूले प्रारम्भ गरे । चीनको बारेमा अध्ययन गरेर लेखिएका पुस्तकहरूले रनजनिति, अर्थशास्त्र र सामजिक परिवर्तनका सोधकर्ताहरुका लागि चीन, माओत्सेतुङ् र उनको नेतृत्वमा भएको चीनको परिवर्तन जल्दोबल्दो विषय बन्यो । यस्तै विस्कन्सीन मेडिसन विश्व विद्यालयका राजनीति शास्त्रका प्रोफेशर एडवार्ड फ्रेडमेनले ‘आइन्स्टाइन र माओ: मेटाफर्स अफ रिभोलुशन’ भन्ने पुस्तकमा माओत्सेतुङको बौद्धिक उच्चता क्रान्तिको समयमा नै पश्चिमा दार्शनिकहरूकोभन्दा माथि रहेको उल्लेख गरेका छन् ।
क्रान्तिपछिको समयमा समाज, राज्इसत्ता र यसको गती तथा समाजको रुपान्तरणको विषयमा माओले गरेका सैद्धान्तिकीकरणलाई प्रो. फ्रेडमेन समकालीन मानव ज्ञानको उचाइमा रहेको बिश्लेषण गर्दछन् । उच्च गरिणतीय सिद्धान्तका ज्ञानको आधारमा जीवन जगत प्रकृति र मानव समाजको विकासलाई ब्याख्या विश्लेषण गर्ने माओत्सेतुङ्लाई बीसौ सताब्दीको दार्शनिक समेत रहेको कुरा उक्त पुस्तकमा उल्लेख छ । माओको सिद्धान्तले आइन्सटानियन सिद्धान्तलाई आत्मसात गरेको उनले आफ्नो पुस्तकमा उल्लेख गरेका छन् ।
मानव ज्ञानको आधुनिक दर्शनलाई आत्मासात गरिएका माओत्सेतुङका विचारहरूको कारणले नै चिनीया समाजलाई रूपान्तरण गर्न संभव भएको कुरा लेखकले विश्लेषण गरेका छन् । माक्र्सवाद र लेनिनवादलाई सामाजिक क्रान्तिका सिद्धान्तको रूपमा माओत्सेतुरूले अङ्गिकार गर्दा जुन दार्शनिक फ्रेमको उपयोग गरे आइन्साइनले शास्त्रीय ज्ञानको युगलाई सोही आधारमा टेकेर मानव ज्ञानको आधुनिक आइन्स्टानीयन युगमा पु¥याउने कुरामा दुबैले अपनाएको दार्शनिक फ्रेमका आधारभूत विषय समान रहेको कुरा प्रो. फ्रेडमेनले आफ्नो पुस्तकमा ब्याख्या सहित प्रस्तुत गरेका छन् ।
समयश्रेणीको कुरा गर्दा सन् १९२६ भन्दा पहिलेको मानव ज्ञान समय निरपेक्ष मानिएको सिद्धान्तमा आधारित थियो। यो युगलाई शास्त्रीय दर्शनको युग वा न्युटोनीयन युग मानिन्छ । यसपछिको युग समय निरपेक्ष नरहेको सिद्धान्तमा आधारित आधुनिक ज्ञानको युग वा आइन्स्टानीयन युगका रुपमा मानिन्छ । मानव ज्ञानको विकासको चरणमा समय निरपेक्ष मानिएको अवस्थालाई समय पनि सापेक्ष हुने सिद्धान्तको युगमा पुग्ने कुरा एउटा क्रान्तिकारी फडको थियो ।
मानव ज्ञानको विकासमा यो क्रान्तिकारी फड्कोका लागि स्वयं न्युटनको योगदान, लरेञ्ज, म्याक्सवेल, रदरफोर्ड, निल्सबोर लगायतका दर्जनौ विद्वान तथा दार्शनिकहरुको योगदानको आधारमा अल्बर्ट आइन्स्टाइनले योगदान गरेका हुन । यसरी नै माओत्सेतुङ्को अगुवाई र नेतृत्वमा पशुपलान र पुरानो कृषि युगको चिनीया समाजलाई आाधुनिक समाजवादी युगमा बदल्ने क्रान्तिकारी रुपान्तरण गर्न सकियो । माओत्सेतुङ् र आइन्स्टाइन क्रान्तिका उस्तै उस्तै नायक मात्र नभएर ज्ञानको एउटै दार्शनिक आधारलाई दुबैले अपनाएको कुरा प्रो. एडवार्ड फ्रेडमेनको पुस्तकको मूल विषय बस्तु रहेको छ ।
सन् १९५५ पछिको समयमा माओत्सेतुङले आप्mनो चिनिया पृष्ठभूमिमा गरिएको भिमकाय राजनीतिक, सामाजिक, आर्थिक क्रान्तिका घटनाहरूको व्याख्या र पुष्टि गर्न नयाँ दार्शनिक अवधारणाको विकास गरे । खास गरी प्रकृति विज्ञानका अगुवारू र प्रसिद्ध बैज्ञानिक अल्बर्ट आइन्स्टाइनको योगदानबाट विकास भएको दार्शनिक पद्धतिको आधार लिए । विगतका घटनाहरूको विश्लेषण गर्दै खास गरी घटनाहरूका पृष्ठभूमि, महत्व र त्यसको सत्यताको विषयमा माओत्सेतुङले आइन्स्टानीयन दर्शन र त्यसको आसावादी भविष्यको सिद्धान्तलाई अध्ययन गरे । यस अवधिमा स्वयं अल्बर्ट आइन्स्टाइनले दुई पटक चीनको भ्रमण गरे ।
यस समयमा एउटा लोकप्रिय नारा स्थापित गरियो, त्यो थियो – ‘जनवाद र विज्ञान (Democracy and Science)’ । त्यससमयमा लेनिनको क्रान्तिकारी जनवाद र आइन्स्टाइनको क्रान्तिकारी विज्ञानको बारेमा खुब चर्चा गरियो । विश्वका अरू देशभन्दा फरक भविष्यप्रति अत्यन्त आशावादी चीनीयाहरूको आप्mनै क्रान्तिकारी पहिचान रहेको सामाजिक व्यवस्थालाई आइन्स्टाइनवादी दर्शनमा आधारित सामाजिक सिद्धान्तको आधारमा अगाडि बढाइने भनियो । चिनिया समाज नयाँ दर्शन र नयाँ सिद्धान्तलाई आधार बनाएर अघि बढ्दै गरेको पश्चिमा देशका समाजभन्दा विल्कुल भिन्न थियो ।
पश्चिमाहरूको साँस्कतिक सोचभन्दा विल्कुल भिन्न धरातलमा चिनीया समाज विकास भइरहेको थियो । पश्चिमा समाज न्युटोनियन दर्शनको विकसित रूपको शास्त्रीय भौतिकशास्त्रको छोटकरी अभिब्यक्ति आइन्स्टानियन दर्शनलाई मान्दथे । आइन्स्टानियनवादलाई ज्ञानको निराशावादी सीमामा केही थप कुरा रहेको भन्ने गरिएको अवस्था थियो । आइन्स्टानियनवादमा सबै कुराहरू सामान्य, बोधगम्य र केही कुरा स्पष्ट हुन बाँकी रहेको मानिएको थियो । यस अवस्थाको दार्शनिक ज्ञानको तहमा पश्चिमा समाज रहेको थियो । चीनमा माओवादी साँस्कृतिक समाजका आयामहरू र दृष्टिकोणहरू तथा पश्चिमा समाजको साँस्कृतिक आयामहरूलाई आइन्स्टाइनीयनवादको क्रान्तिकारी ज्ञानको आधारमा स्पष्ट देखिने भिन्नताहरूलाई विभिन्न पक्षबाट विश्लेषण गर्न सकिन्थ्यो ।
विज्ञानको इतिहासमा अल्बर्ट आइन्स्टाइनलाई महान शास्त्रीय भौतिकशास्त्री मान्ने कुरामा सर्वसम्मती थियो भने नयाँ अवधारणाका मान्यता जस्तै, ‘कारण र प्रभावको सिद्धान्त’, ‘सम्पूर्णता थाह नपाएको तथ्यहरू’, ‘सम्भाव्यता’ आदि विषयमा सबैको सर्बसम्मत अवधारणा बनिसकेको छ भन्ने मानिएको थिएन ।
निल्स वोरको परमाणु सिद्धान्त र हाइजेनवर्गको अनिश्चितताको सिद्धान्तले न्युटोनीयन मेकानिक्सका भेउ पाउन नसकिएका समस्याहरूलाई उजागर गर्न महत्वपूर्ण योगदान पु¥याएका थिए । ज्ञानको यही अवस्थालाई आधुनिक भौतिकशास्त्र मानिएको थियो । दार्शनिक ज्ञान र यसको सिद्धान्तमा यो अवस्था रहेको भए तापनि पश्चिमा देशहरू जस्तै चीनमा पनि आइन्स्टानीयनलाई आधुनिक भौतिक शास्त्रको छोटकरी अभिब्यक्ति रहेको विश्वास लिइन्थ्यो ।
सन् १९४९ भन्दा पहिले माओत्सेतुङका समिक्षाहरूमा निल्सवोर र हाइजेनवर्गका सिद्धान्तहरू त्यति महत्वका विषय नरहेको अवस्था थियो । निल्सवोर र हाइजेनवर्गका सिद्धान्तहरूलाई अमूर्त रहेको ठान्ने गरिएको पाइन्छ । माओत्सेतुङका विगतका कुराहरूलाई स्मरण गर्ने हो र तिनीहरूलाई सत्य मान्ने हो भने माओको माक्र्सवाद र उनको क्रान्तिकारी सिद्धान्त सही थियो । किनकी यी सिद्धान्त आइन्स्टानीयन सिद्धान्तको ज्ञानमा आधारित थिए । माओले राम्रोसंग बुझेका र ब्याख्या गरेका सिद्धान्तहरू, चेतना र क्रान्तिको विकासका चरणहरू, नयाँ प्रयोग र त्यसमा उभिएर अझ नयाँ प्रयोगमा जान सकिने सिद्धान्तमा आधारित भएर अङ्गिकार गरिएका छन् ।
यसरी प्रोफेशर फ्रेडमेनले चिनीया समाज, चिनीया क्रान्ति र चिनीया क्रान्तिका सिद्धान्तलाई माओत्सेतुङले आधुनिक दर्शनका सिद्धान्तबाट प्राप्त ज्ञानको आधारमा विकसित भएको सापेक्षतावादको सिद्धान्त जसलाई आइन्स्टाइनियनवाद भनिएको हो, त्यसै तहको दर्शनका आधारमा क्रान्तिको सिद्धान्त अपनाएको कुरा आफ्नो पुस्तकमा उल्लेख गरेका छन् । पहिले प्राप्त तथ्यहरुबाट नै नयाँ कुरा प्राप्त हुने सिद्धान्तका आधारमा क्रान्तिका विभिन्न चरणहरु, परिवर्तनकारी घटनाहरूको विकास हुने कुरालाई दुबै महान योगदानकर्ताको एउटै तरिकका रहेको लेखकको बिश्लेषण रहेको छ पुस्तकमा ।
मानव ज्ञानको विकासमा आइन्स्टानीयन चरणभन्दा पहिलेको इतिहासमा समय (काल) को चरित्र जानकारीमा थिएन, काललाई निरपेक्ष मानिएको थियो, यथार्थमा काल निरपेक्ष चरित्रको रहेनछ । समयको रहस्य थाह नभएको अवस्थालाई न्युटोनियन युग भनिएको र कालको यथार्थताको जानकारी भएपछिको समयलाई आइन्स्टानीयन युग भनिएको हो ।
समयको रहस्य पत्ता लागेपछि शास्त्रीय दर्शनलाई आधुनिक दर्शनको युगमा फड्को मार्न प्रमुखतः आइन्स्टाइनको योगदान रहेका कुरा र माक्र्सवादको आधुनिक चरणको विकास गर्न माओत्सेतुङले पु¥याएको योगदानलाई तुलना गरेर आइन्स्टाइन र माओत्सेतुङलाई मेटाफर्स अफ रिभोलुसन भनेर प्रो. फ्रेडमेनले चिनीया क्रान्ति र समाजलाई खास गरी माओको योगदानलाई आप्mनो पुस्तकमा प्रस्तुत गरेका छन् ।
स्रोत सामग्री:Edward Friedman ‘Einstein and Mao: Metaphors of Revolution’ Cambridge University Press, 1983.
प्रस्तुती: लेखनाथ ढकाल
academicktm@gmail.com
चित्रमा: माओत्सेतुङ, अल्बर्ट आइन्स्टाइन र बिचमा प्रो. एडवार्ड फ्रेडमेन
