धादिङका विष्णु थपलियाको महासंघमा उम्मेदवारी, खत्री पनि प्रतिस्पर्धामा

Avatar photo
Dhadingpost
चैत्र २१, २०८२

धादिङ । नेपाल उद्योग वाणिज्य महासंघको आगामी चैत ३० गते हुने निर्वाचनमा धादिङका व्यवसायी विष्णु थपलियाले उम्मेदवारी दिएका छन् ।

धादिङ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष समेत रहेका थपलियाले महासंघको केन्द्रीय कार्यसमिति सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएका हुन् । व्यवसायिक क्षेत्रको अनुभवलाई केन्द्रीय तहमा प्रयोग गर्ने उद्देश्यका साथ आफूले उम्मेदवारी दिएको उनले बताएका छन् ।

त्यस्तै, चैत २३ र २४ गते हेटौंडामा हुने नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको निर्वाचनमा पनि धादिङकै अर्का व्यवसायी रामशरण खत्री प्रतिस्पर्धामा उत्रिएका छन् । धादिङ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष खत्रीले प्रदेश कोषाध्यक्ष पदमा उम्मेदवारी दिएका हुन् ।

धादिङबाट महासंघको केन्द्रीय र प्रदेश दुवै तहमा उम्मेदवारी परेपछि जिल्लाको व्यवसायिक नेतृत्व थप सशक्त हुने अपेक्षा गरिएको छ । साथै, स्थानीय व्यवसायीहरूमा समेत उत्साह थपिएको देखिएको छ ।