धादिङ बक्सिङ संघको अध्यक्षमा मानबहादुर गुरुङ चयन

Avatar photo
Dhadingpost
चैत्र २०, २०८२

धादिङ । धादिङ जिल्ला बक्सिङ संघको अध्यक्षमा मानबहादुर गुरुङ चयन भएका छन् । हालै सम्पन्न साधारण सभाबाट गुरुङको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको हो ।

नव निर्वाचित कार्यसमितिलाई साधारण सभाका प्रमुख अतिथि एवं जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रताप सिंह तामाङ र कार्यालय प्रमुख तथा तेक्वान्दो प्रशिक्षक रमेशमान तुलाधरले सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।

नयाँ कार्यसमितिको उपाध्यक्षमा प्रदीप तामाङ, सचिवमा मनबहादुर तामाङ, कोषाध्यक्षमा अनुशा थापा मगर चयन भएका छन्। त्यस्तै सदस्यहरूमा सुजन गुरुङ र बसन्त गुरुङ रहेका छन् ।

नव निर्वाचित अध्यक्ष गुरुङले जिल्लामा बक्सिङ खेलको विकास, खेलाडी उत्पादन र प्रतियोगितात्मक सहभागिता वृद्धि गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।