
धादिङ । प्रतिनिधि सभा निर्वाचन २०७९ अन्तर्गत धादिङ–२ का उम्मेदवार रामबहादुर भण्डारी ले आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गरेका छन् ।
उम्मेदवारका प्रतिनिधि मनराज भण्डारी ले जिल्ला निर्वाचन कार्यालय धादिङमा उपस्थित भई खर्च विवरण पेश गरेका हुन् । निर्वाचन ऐन, २०७४ को दफा ७२ र निर्वाचन आयोगको आचारसंहिता अनुसार पेश गरिएको विवरणमा उम्मेदवार भण्डारीको कुल ८,५६,३५० रुपैयाँ खर्च भएको उल्लेख छ ।
खर्च विवरणको मुख्य बुँदा
- सवारी साधन र इन्धन:
३० दिन सवारी साधन भाडा – २,५०,०००
इन्धन (६०० लिटर) – ९४,२००
कुल: ३,४४,२०० - प्रचारप्रसार:
२१ वटा वडामा प्रचार – २,५५,०००
झण्डा र सामग्री – १,१३,२००
कुल: ३,६८,२०० - खाना र आवास:
अभियान दौरान खाना/खाजा – ७५,१५० - मतपत्र र कार्यालय सञ्चालन:
नमूना मतपत्र छपाइ – २५,५००
कार्यालय सञ्चालन – १८,३०० - मनोनयन दर्ता शुल्क:
१०,०००
कुल खर्च: ८,५६,३५० रुपैयाँ
उम्मेदवार भण्डारीको खर्च विवरणले मुख्यतया प्रचारप्रसार र सवारी साधन मा सबैभन्दा बढी रकम खर्च भएको देखाएको छ ।
निर्वाचन ऐनअनुसार उम्मेदवारले आफ्नो चुनावी खर्च सार्वजनिक गर्नुपर्ने व्यवस्था रहेको छ। यसले निर्वाचन प्रक्रियामा पारदर्शिता सुनिश्चित गर्ने उद्देश्य राख्दछ ।
