नलाङमा रास्वपा उम्मेदवार आशिका तामाङलाई स्थानीयको भव्य स्वागत

Avatar photo
Dhadingpost
माघ १०, २०८२

धादिङ । धादिङ क्षेत्र नम्बर १ की राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार आशिका तामाङलाई सिद्धलेक गाउँपालिका–१ स्थित नलाङ ठाँटी भञ्ज्याङ र खिर्रेभञ्ज्याङमा स्थानीयवासीले भव्य स्वागत गर्दै शुभकामना व्यक्त गरेका छन्।

कार्यकर्ता भेटघाट तथा जनसम्पर्क अभियानका क्रममा नलाङ ठाँटी पुगेकी उम्मेदवार तामाङलाई ठाँटी भञ्ज्याङका स्थानीयले फूलमाला र स्वागतसहित उत्साहपूर्वक अभिवादन गरेका थिए। कार्यक्रममा उल्लेख्य संख्यामा स्थानीय नागरिकहरूको उपस्थिति रहेको थियो।

सो अवसरमा केही स्थानीयले रास्वपामा प्रवेश समेत गरेका थिए। उनीहरूले नयाँ सोच, नयाँ नेतृत्व र परिवर्तनको अपेक्षासहित पार्टीमा आबद्ध भएको बताए।

कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार तामाङले आम नेपाली जनताले अब आफ्नो मत परिवर्तन गर्नुपर्ने आवश्यकता औँल्याउँदै भनिन्, अब भोट घण्टीमा “सधैँ उही पुराना नेता र पार्टीलाई मात्र भोट दिने परम्पराको अन्त्य गर्न जरुरी छ । देशलाई नयाँ नेतृत्व, नयाँ सोच र इमानदार राजनीतिले अघि बढाउनुपर्छ।”

उनले धादिङको समग्र विकास, सुशासन र जनताको जीवनस्तर सुधारका लागि आफू प्रतिबद्ध रहेको पनि बताइन्।