बेनीघाट रोराङमा खेलकुद उत्सव पुस ३० सुरु हुँदै, पूर्व राष्ट्रपति भण्डारीद्वारा उद्घाटन हुने

Avatar photo
Dhadingpost
पुस २९, २०८२

धादिङ ।
बेनीघाट रोराङ गाउँपालिका– विशालटार, धादिङमा आयोजना हुने गाउँपालिका स्तरीय सातौँ राष्ट्रपति रनिङ शिल्ड, मजदुर शहीद स्मृति कप, छेट्टे मदन भण्डारी स्मृति कप फुटबल तथा तेस्रो अध्यक्ष कप क्रिकेट प्रतियोगिता पुस ३० गतेदेखि सुरु हुने भएको छ।

 पुष ३० गतेदेखि माघ ५ गतेसम्म हुने  बृहत खेलकुद प्रतियोगिताको उद्घाटन समारोह पुस ३० गते बुधबार बिहान ११:०० बजे चन्द्रदेव माध्यमिक विद्यालय, विशालटारको खेलमैदानमा आयोजना गरिनेछ। प्रतियोगिताको औपचारिक उद्घाटन पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी ले गर्ने कार्यक्रम तय गरिएको छ।

खेल तालिका

  • रनिङ शिल्डका खेलहरु
  • पुस ३० देखि माघ ३ गते
  • क्रिकेट छात्रः माघ ३ र ४ गते
  • फुटबल माघ ३ गते
  • शिक्षक विरुद्ध पालिका क्रिकेट माघ २ गते

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा उत्कृष्ट चार विद्यालयलाई क्रमशः २५ हजार, १५ हजार, १० हजार र ५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ।

त्यसैगरी, अध्यक्ष कप क्रिकेट प्रतियोगिता र मदन भण्डारी स्मृति फुटबल कप प्रतियोगिता का विजेता विद्यालयलाई नगद पुरस्कार, ट्रफी तथा सम्मानपत्र प्रदान गरिने जनाइएको छ।

गत वर्ष क–कस्ले जितेका थिए