
धादिङ । नेत्रावती डबजोङ गाउँपालिकाको आयोजनामा सम्पन्न प्रथम उपाध्यक्ष कप महिला भलिबल प्रतियोगिता सेमजोङस्थित चौतारा माध्यमिक विद्यालयले जितेको छ।
पुस २५ गतेदेखि सञ्चालन भएको प्रतियोगिताको शनिबार सम्पन्न फाइनल खेलमा चौतारा माविले मार्पाक वडा नं. १ को ‘बी’ टिमलाई ३–१ को सेटमा पराजित गर्दै उपाधि हात पारेको हो।
यस्तै प्रतियोगितामा चौतारा मावि ‘बी’ टिम तृतीय स्थानमा रहन सफल भएको छ।
प्रतियोगितामा प्रथम हुने टिमले नगद ३० हजार रुपैयाँ, द्वितीयले २० हजार रुपैयाँ र तृतीय हुने टिमले १५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन्।
पालिका उपाध्यक्ष सिता माया गुरुङको सभापतित्वमा भएको खेल समापन तथा पुरस्कार वितरण कार्यक्रममा पालिका प्रमुख मेघनाथ रिजालको प्रमुख आतिथ्यता रहेको थियो ।
