
धादिङ । धादिङको खनियाबास गाउँपालिका–५, सत्यदेवी, गोईसीमा रहेको मेन्दो फोले आमा समूहले तेस्रो वडास्तरीय महिला भलिबल प्रतियोगिता तथा बृहत सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ।
प्रतियोगिता यही पौष २६ गतेदेखि ३० गतेसम्म सञ्चालन हुनेछ। महिला सशक्तीकरण, खेलकुदको विकास तथा स्थानीय संस्कृति प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।
आयोजकका अनुसार प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने टिमहरूलाई निम्न अनुसार पुरस्कार प्रदान गरिनेछः
- प्रथम पुरस्कार: रु. २० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र
- द्वितीय पुरस्कार: रु. १५ हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र
- तृतीय पुरस्कार: रु. १० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र
- सान्त्वना पुरस्कार: रु. ५ हजारसहित प्रमाणपत्र
खेलकुदसँगै विविध सांस्कृतिक प्रस्तुतिहरू पनि समावेश हुने भएकाले स्थानीयवासीको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ।
आयोजक मेन्दो फोले आमा समूहले खेलकुद र संस्कृतिमार्फत समुदायलाई एकताबद्ध गर्न यस कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ।
